Main Menu

महिला मुक्तिको प्रश्न

बलात्कारको जरो के हो ?

बलराम तिमल्सिना ‘विप्लव’

हिन्दूहरूले तीनजना मूल देवता भनेर मानेकामा सृष्टिकर्ता भनेर मानेका देवता हुन् व्रह्मा । व्रह्मा स्वयंले आफ्नै छोरी सरस्वतीसँग यौन सम्बन्ध गरेको प्रसङ्ग आउँछ । हिन्दूहरू छोरीसँग यौन सम्वन्ध राख्ने बाउलाई भयानक व्यभिचारी मान्छन् र हो पनि । तर, आफ्नै छोरीसँग यौन सम्बन्ध राखेका भनिएका व्रह्मालाई हिन्दूहरु घृणा गर्दैनन्, वरु सृष्टिकर्ता मानेर पूजा गर्छन् । ठूलावडाले जे गरे पनि छुट हुने कुरालाई हिन्दूहरूले सुरुदेखि नै मान्दै आएको देखिन्छ ।

देशमा दिनदिनै बलात्कारका घटनाहरू घटिरहेका छन् । बलात्कारविरुध्द आवाज पनि उठिरहेको छ । जति आवाज उठे पनि बलात्कारका घटनामा कमी आएको छैन बरु झनझन् बढिरहेको छ । बलात्कारीलाई कारवाही गर्ने कडा कानुनको माग भैरहेको छ । आजीवन जेलदेखि मृत्युदण्डसम्मका मागहरू उठेका छन् ।

बलात्कार एउटा निकृष्ट अपराध भएकोले बलात्कारीलाई कडा सजायको माग हुनु नराम्रो कुरा होइन बरु ठिक कुरा हो । मृत्युदण्ड या आजीवन जेल यिनीहरुमध्ये कुन खाले सजाय उपयुक्त होला भन्ने कुरा अलग हो । तर, यो लेखको ध्येय अपराधीलाई के सजाय हुनुपर्छ भन्ने भन्दा पनि बलात्कारी जन्मने स्रोत नै के हो भनेर छलफल गर्नु रहेको छ ।

कहाँबाट आउछन् वलात्कारीहरु ? कहिलेकाहिँ मनमा यस्तो पनि प्रश्न उठ्ने गर्छ – यी बलात्कारीहरू आखिर कहाँबाट आउछन् होला र यिनलाई कसले जन्माउँछ होला ? के बलात्कारी कुनै अर्को देशबाट लुकिछिपी आएका अपराधीहरू हुन् त ? पक्कै होइनन् । अनि, के वलात्कारीहरू जन्माउने बाआमा वेग्लै जैविक गुण भएका प्राणी हुन् त ? त्यो पनि होइन । के बलात्कारीका केही असामान्य शारीरिक विशेषता हुन्छन् त ? अहँ हुदैनन् । त्यसो भए यही समाजमा जन्मेका र वाल्यकालमा खास बेग्लै लक्षण नभएका र हेर्दा सामान्य लाग्ने मानिसहरु नै कसरी बलात्कारीमा फेरिन्छन् त ? कस्तो मायालाग्दो बलक ठूलो भएपछि कसरी अमानवीय अपराधी बन्छ होला ?

मान्छेलाई साधुसंत या चोर बनाउने यही समाज हो । सदाचारी या व्यभिचारी बनाउने पनि यही समाज हो । मानिस बाँचेको समाज कस्तो छ ? त्यो समाजको आर्थिक जीवन कस्तो छ ? अनि त्यो समाजले मान्ने धर्म, संस्कृति, परम्परा,मूल्य, मान्यता, स्वामित्वको चरित्र कस्तो छ भन्ने कुराले त्यो समाजले कस्ता मान्छे उत्पादन गर्छ भन्ने थाहा पाउँन सकिन्छ ।

त्यसो त जन्मने समयमा या सानो उमेरमा कोही पनि चोर, डाँका, गुण्डा, हत्यारा, बलात्कारी, घुषखोरी, केही पनि हुँदैन । बच्चामा सबै निस्छल हुन्छन् । हुर्कंदै बढ्दै जाँदा समाजबाट कोही मानिसले यी सवै कुरा सिक्छ । यही समाजमा जन्मेर यही समाजको लागि अभिशाप बन्ने काम पनि हुन्छ । त्यसो भए मान्छेलाई साधुसंत या चोर बनाउने यही समाज हो । सदाचारी या व्यभिचारी बनाउने पनि यही समाज हो । मानिस बाँचेको समाज कस्तो छ ? त्यो समाजको आर्थिक जीवन कस्तो छ ? अनि त्यो समाजले मान्ने धर्म, संस्कृति, परम्परा,मूल्य, मान्यता, स्वामित्वको चरित्र कस्तो छ भन्ने कुराले त्यो समाजले कस्ता मान्छे उत्पादन गर्छ भन्ने थाहा पाउँन सकिन्छ ।

छलफलको क्रममा देवीदेवता र धर्म परम्पराबाटै कुरा सुरु गरेर अघि बढ्ने अनुमति चाहन्छु । मेरो अभिप्राय आस्तिकहरु तथा धार्मिक मानिसहरूको आस्थामा चोट पुर्याउने होइन, तर छलफल गर्दा प्रश्न नै उठाउन नपाइने गरी केही कुरालाई पनि स्वतन्त्र राख्नु हुँदैन भन्ने मेरो अनुरोध रहन्छ । म हिन्दूहरूले असाध्य मान्ने केही देवताहरूबाट केही प्रसङ्ग झिक्छु । हिन्दूहरूले तीनजना मूल देवता भनेर मानेकामा सृष्टिकर्ता भनेर मानेका देवता हुन् व्रह्मा । व्रह्मा स्वयंले आफ्नै छोरी सरस्वतीसँग यौन सम्बन्ध गरेको प्रसङ्ग आउँछ । हिन्दूहरू छोरीसँग यौन सम्वन्ध राख्ने बाउलाई भयानक व्यभिचारी मान्छन् र हो पनि । तर, आफ्नै छोरीसँग यौन सम्बन्ध राखेका भनिएका व्रह्मालाई हिन्दूहरु घृणा गर्दैनन्, वरु सृष्टिकर्ता मानेर पूजा गर्छन् । ठूलावडाले जे गरे पनि छुट हुने कुरालाई हिन्दूहरूले सुरुदेखि नै मान्दै आएको देखिन्छ ।

हिन्दूहरूका पालनकर्ता देवता भनिएका विष्णु हुन् । जालन्धरलाई युध्दमा पराजित गर्न विष्णुले जालन्धरकै भेष धारण गरेर उनकी श्रीमतीको यौन लुटेको कुरा पण्डितहरू सगौरव भन्ने गर्छन् भने भक्त श्रोताहरूको दिलमा यो कुरा सुनेर विष्णुप्रतिको श्रध्दामा अलिकति पनि कमी हुँदैन । घृणा पैदा हुनु त कता हो कता ! हिन्दूहरूका देवताका पनि देवता ईन्द्र हुन् । ईन्द्र स्वयं गुरु पत्नीको यौन शोषण गरेका कारणले चर्चित छन् । आफ्ना गुरु गौतमकी श्रीमती अहिल्यालाई गुरु नभएको मौका छोपेर यौन सम्बन्ध गर्न शक्तिको आडमा वाध्य बनाएको र गौतमले देखेपछि ईन्द्रलाई शरीरभरि हजार योनी होस् भनेर श्राप दिएको कथा सुन्दै आनन्द लिने हिन्दू समाज नै हो । त्यसरी व्यभिचार गर्ने ईन्द्रप्रति घृणा जाग्नुको सट्टा उल्टै महान लाग्ने सोच कुन विचारबाट जन्मन्छ होला ? उल्टै तिनै व्यभिचारी ईन्द्र देवताका पनि देवता मानिन्छन् । यहाँ पनि ठूलाठालूलाई हाम्रो धर्मले सबै कुरा गर्ने छुट दिएको छ । जुन कुरा गर्न देवतालाई छुट हुन्छ, त्यो छुट देवता पछिका शक्तिशालीहरूले लिँदै आए ।

शिव हिन्दूहरूका अर्का पूजनीय देवता हुन । यौनको मामलामा शिव पनि कम वद्नाम छैनन् । श्लेस्मान्तक वनमा हरिणसँग यौन सम्वन्ध गरेको शिवजीको कथा पनि कम विस्मयकारी छैन । यौन उत्तेजना भएपछि हरिणमाथि चढ्ने शिव र हिजोआज गाउँघरमा अर्काको खोरका बाख्री बिगार्ने पुरुष एकै हुन् । बाख्री बिगार्ने पुरुषलाई पशु करनीमा मुद्दा हाल्ने र घिन मान्ने हामी शिवलाई भने पूजा गर्छौं, किन ? एकै प्रकृतिको काम गर्दा कोहीलाई प्रशंसा गर्दै ‘त्यो लिला हो’ भन्ने र कोही अपराधी हुने । यस्तो कसरी हुन्छ ?

कृष्ण चरित्रमा “भगवानलाई पाप लाग्दैन” भन्ने एउटा लिलाको अध्याय नै छ । भगवानले जे गरे पनि पाप लाग्दैन भन्ने मान्यतालाई मान्छेको दिमागमा काँटी ठोके जसरी ठोक्ने यो गजवको काइदा हो ।

महिलाहरूमाथि यौनजन्य छेडखान गर्ने तथा यौन अराजकता मच्याउनेमा कृष्ण सबैभन्दा बदनाम छन् । एकान्तमा साथीसाथी भएर नुहाइरहेका युवतीहरूका कपडा खुसुक्क लुकाइदिने र रुखमा बसेर नाङ्गो स्त्री-देह हेरेर रोमान्चित हुने व्यभिचारी व्यक्ति कसरी देवता हुन सक्छ ? अनि त्यस्तो उद्दण्ड व्यक्ति देवता हुन्छ भने त्यो देवता कसरी महिला-मैत्री हुन सक्छ ? हातले गुप्ताङ्ग छोपेर आफ्ना कपडा दिन अनुनय विनय गर्ने युवतीहरूलाई उनीहरूका पुष्ट स्तन हेर्ने दुराशयले नांगै नुहाएर अपराध गरे वापत ‘सूर्य भगवानलाई दुवै हातले पहिले नमस्कार गर’ भन्ने कृष्णको चरित्र कसरी आदर्श भयो ? तर, हिन्दू समाज कृष्णलाई यति धेरै प्रेम गर्छ कि उनलाई हिन्दू महिलाहरू आफ्नो प्रेमी नै सोच्न पुग्छन् । कृष्ण चरित्रमा “भगवानलाई पाप लाग्दैन” भन्ने एउटा लिलाको अध्याय नै छ । भगवानले जे गरे पनि पाप लाग्दैन भन्ने मान्यतालाई मान्छेको दिमागमा काँटी ठोके जसरी ठोक्ने यो गजवको काइदा हो । यही छुट लिनको लागि संसारभरिका राजा महाराजाहरूले आफूलाई ईश्वरको अवतार नै भन्ने गर्थे गर्छन् । नेपालका शाह राजाहरू पनि आफूलाई विष्णुको अवतार भन्न पछि पर्दैनथे । विष्णुका अवतार भनिनेहरू कति झूर रहेछन् भने अन्तमा आफ्नै दाजुलगायत सपरिवारको हत्या गरेर राजा हुनुपर्ने चरम सत्ता लिप्सा र क्रुरताको प्रदर्शनले प्रष्ट हुन्छ । प्रजावत्सल विष्णुको अवतार कति प्रजावत्सल रहेछ भन्ने कुरा हाल नेपालका दशजना धनिहरूको नाममा पूर्वराजाको पनि नाम आएपछि थाहा भयो । अझै पनि कोही बेलाबेलामा ‘राजा आऊ देश बचाऊ’ भन्दै छन् ।

आज जुन अर्थमा हिन्दू धर्म नेपाली समाजमा व्याप्त छ, यसले पुरुषलाई र पुरुषको लिंगलाई महिलाहरूमाथि अत्याचार गर्न निर्वाध छोडेको छ । महिलाहरू पुरुषको चरणका दासी हुन् र पुरुषले जे गरे पनि उनीहरूले प्रतिवाद गर्नुहुन्न भन्ने कुरा हजारौं वर्षदेखि भनिँदै र व्यवहारमा प्रयोग गर्दै आइयो ।

माथि देवता र धर्मवारे केही तीता कुराहरू गरियो । यी कुराहरू तीता भए पनि कठोर यथार्थ हुन् । अब अलिकति शासकहरूका कुरा गरौँ । संसार भरिका प्रतिक्रियावादी शासकहरू महिलाहरूलाई खेलौना ठान्छन् । नेपालका शासकहरूको हकमा पनि यही कुरा लागू हुन्छ । राणा शासन कालमा राणाहरू चढ्ने भर्याङ्गको दुवैतिर नाङ्गा युवतीहरू उभ्याइन्थे र राणाहरू ती युवतीका स्तनहरू समाउँदै उक्लन्थे भन्ने कुरा धेरै सुनियो । यो एउटा उदाहरण मात्र हो । उनीहरू घुम्न निस्कँदा कतै राम्रा युवती देखे भने तत्कालै या केही समयपछि मानिस पठाएर ती दरवारमा लगिन्थे । कसैका रुपवती छोरी बुहारी देखेपछि राणाहरूलाई मन लाग्यो भने सकिन्थ्यो । कसैले नाइनास्ती गर्ने उपाय थिएन । अब भन्नोस् जुन देशका शासक महिलाको मामालामा यति खराव छन् भने त्यो देशका कारिन्दाहरूले के सिके होलान् र जनाताले पनि के सिके होलान् ? गाउँका साहुसामन्तले समेत कुनै गरिबले बिहे गरेर ल्यायो भने बेहुली घर पुर्याउन नपाई पहिले केही दिन साहुसामन्तलाई बुझाउनु पर्थ्यो र उनीहरू अघाएपछि मात्रै बिचरो बेहुलाको पालो आउँथ्यो ।

जङ्गबहादुरले जारी गरेको पहिलो मुलुकी ऐनमा करणीसम्वन्धी सजाय हुने जातजातका व्यवस्था छन् । हरेक दफा उपदफामा “वर्ष नाघेकी” भन्ने कुरा भेटिन्छ । ११ वर्ष पुगेपछि भन्नुको अर्थ १२ वर्ष पुगेपछि महिलाहरू यौन सम्वन्ध राख्न योग्य हुन्छन् भन्ने हो । राज्यले कानुन नै बनाएर ११ वर्ष पुगेकी केटीमान्छेसँग हुने यौन सम्वन्धलाई बाल यौन शोषण नमानेपछि त्यो तथाकथित यौन सम्वन्ध बलात्कार भयो कि भएन होला ? आजको कानुन अनुसार हिजो झण्डै शतप्रतिशत महिलाहरू बाल यौन शोषणको शिकार भए अर्थात ती बलात्कृत भए ।

मानव सभ्यताको इतिहासमा मातृसत्ताको पतन र पुरुषसत्ताको जन्मपछि विवाह प्रणालीमा पनि बलात्कारलाई सामाजिक मान्यता दिइयो । वाल विवाह , अनमेल विवाह, लुटीविवाह जस्ता विवाहहरु महिलाहरूलाई बलात्कार गर्न छुट दिने परम्पराहरू हुन् । हिन्दू महिलाहरूले असाध्य पवित्र मानेर व्रत बस्ने स्वस्थानीमा सत्तरी वर्षका व्राम्हणले सात वर्षकी बच्ची बिहे गरेको प्रसङ्ग आँउछ । हिन्दू महिलाहरू यो कुरालाई ख्याल गर्छन् कि गर्दैनन् कुन्नि ? सात वर्षकी बच्चीलाई सत्तरी वर्षको बूढाले बिहे गरेपछि बलात्कार नगरे के गर्छ होला र ? त्यो बलात्कार कति आततायी होला ? यसरी हाम्रा धर्म संस्कार र परम्परामै बलात्कारलाई धार्मिक-सांस्कृतिक रुपमा कुनै न कुनै हिसाबले मान्यता दिइँदै आइयो । पुरुषलाई अझ उच्च जातिको भनिएको पुरुषलाई फुक्काफाल छोड्ने हाम्रो परम्परालाई नियम कानुनले पनि मान्यता दिँदै आयो । जङ्गबहादुरले जारी गरेको पहिलो मुलुकी ऐनमा करणीसम्वन्धी सजाय हुने जातजातका व्यवस्था छन् । हरेक दफा उपदफामा “वर्ष नाघेकी” भन्ने कुरा भेटिन्छ । ११ वर्ष पुगेपछि भन्नुको अर्थ १२ वर्ष पुगेपछि महिलाहरू यौन सम्वन्ध राख्न योग्य हुन्छन् भन्ने हो । राज्यले कानुन नै बनाएर ११ वर्ष पुगेकी केटीमान्छेसँग हुने यौन सम्वन्धलाई बाल यौन शोषण नमानेपछि त्यो तथाकथित यौन सम्वन्ध बलात्कार भयो कि भएन होला ? आजको कानुन अनुसार हिजो झण्डै शतप्रतिशत महिलाहरू बाल यौन शोषणको शिकार भए अर्थात ती बलात्कृत भए ।

आर्थिक अधिकार पुरुषको, वंशसम्वन्धी अधिकार पुरुषको, सामाजिक, धार्मिक, शैक्षिक अधिकार पुरुषको, सिंगै राज्यमा पुरुषको हाइदुहाईलाई मान्यता दिएपछि महिलाहरूले हजार थरिका उत्पीडन भोग्ने भए । त्यसमध्ये जवर्जस्ती यौन शोषण अर्थात बलात्कार महिलामाथि हुने उत्पीडनको सवैभन्दा निक्रिस्ट उत्पीडन हो । बलात्कारको जरो हाम्रा धर्म संस्कृति र सामाजिक परम्परामा छ र त्यो धर्म, संस्कृति र परम्पराको जरो अर्थतन्त्रमा छ । कुनै जैबिक गडबडीको कारणले या शरीरमा हुने कुनै रसायनको आधिक्यताको कारणले पुरुषमा पैदा हुने कामोत्तेजनाले सम्हालिन नसकेर कोही पुरुष बलात्कारी भएको होइन । आमाको गर्भमा धुकधुकी चल्न थालेबाटै पुरुषले अनेकन सुविधाहरु प्राप्त गर्छ । कोही पुरुषले गर्भमै हत्याको शिकार हुनु पर्दैन भने छोरी भएकै कारणले गर्भमै मार्ने हाम्रो सामाजिक सांस्कृतिक परम्परा छ । यसरी आमाको गर्भमा हुँदाबाटै गरिने सम्भावित हत्याबाट जोगिएर जन्मेपछि पनि छोरीले सबैभन्दा माहान भनिएकी आमाको मुखबाट समेत ‘अर्काको घर जाने जात’ भनेर हेला होचो गरेको खप्नुपर्छ । छोरा जन्मँदा गरिने हर्षोल्लास र छोरी जन्मँदा हुने रुवावासीबाट छोरीका दु:खका कहानीहरू अघि बढ्छन् । घर, समाज र राज्य सबैतिर हेपिएकी, भगवानहरूबाट समेत उहिले बलात्कार खेपेकी र धर्म, संस्कृति सबैतिर तल्लो दर्जामा पारिएकी महिला पलपल मानसिक हिसाबले बलात्कृत हुन्छिन् । अहिले भन्ने गरिएको बलात्कार त त्यसको सबैभन्दा नाङ्गो र निकृष्टतम रुप मात्र हो ।

महिलाहरूमाथि उत्पीडन र विभेद गर्ने मान्यातहरू जहाँजहाँ छन्, त्यहाँत्यहाँ महिलाहरूले आक्रमण गर्नुपर्छ । यसो भन्दा कुरा धर्ममा गएर ठोक्किन्छ । पवित्र मानिएको ईश्वरमा पुगेर ठोक्किन्छ । पुराना रुढीग्रस्त मान्यताहरूमा पुगेर ठोक्किन्छ ।

महिलाहरूमाथि हुने बलात्कारलाई हटाउने भनेको पुरुषसत्तावादलाई हटाउने भनेको हो । पुरुषसत्तावाद्लाई हटाउने भनेको पुरुषलाई धर्म, संस्कृति, परम्परा र कानुनले दिएका एकाधिकारहरू मास्ने भनेको हो । पुरुषका ती सारा एकलौटी अधिकारहरू मास्ने भनेको महिला पुरुष बराबरी हुने समाज बनाउने भनेको हो । महिला पुरुष बराबरी हुने समाज एक्लै आउदैन । त्यो महिला पुरुष बराबरीसहित धनि गरिब बराबरी, अनि जुन जातको भए पनि मान्छेमान्छे बराबरी भएको समाज बनेर आउँछ । त्यो समाज भनेको समाजवादी समाज हो । त्यस्तो समाज रोएर कराएर आउँदैन । त्यस्तो समाज महिलाहरू मात्रै लडेर पनि आउँदैन । आजको पूँजीवादी समाज व्यवस्थाले शोषण, दमन र उत्पीडन गरेका सवै मानिसहरू मिल्नुपर्छ । पुरषहरूको एकलौटी हिजो सामन्ती व्यवस्थासँग जोडिएको थियो भने आजको पूँजीवादले ती सवै मानवताविरोधी कुराहरुलाई आफ्नो बनाएको छ । त्यसो भनेको आजको व्यवस्थाको उत्पीडनको शिकार भएका महिला पुरुष सबै मिलेर एउटा लामो लडाईं लड्ने भनेको हो ।

महिलाहरूमाथि उत्पीडन र विभेद गर्ने मान्यातहरू जहाँजहाँ छन्, त्यहाँत्यहाँ महिलाहरूले आक्रमण गर्नुपर्छ । यसो भन्दा कुरा धर्ममा गएर ठोक्किन्छ । पवित्र मानिएको ईश्वरमा पुगेर ठोक्किन्छ । पुराना रुढीग्रस्त मान्यताहरूमा पुगेर ठोक्किन्छ । आजको समाजमा पुरुषभन्दा महिलाहरू बढी रुढिवादी छन् । धर्मकर्म भनेपछि हुरुक्क हुने महिलाहरू नै छन् । थरिथरीका व्रत बसेर ज्यान सुकाउने महिलाहरू नै छन् । लामो अभ्यासबाट महिलाहरूलाई रुढिवादी बनाइएको छ । त्यसैले सवैभन्दा पहिले महिलाले भौतिकवादी हुन जरुरी छ । समाजवादी हुन जरुरी छ । बिद्रोही हुन जरुरी छ ।

माथिको संक्षिप्त चर्चाको निष्कर्ष के हो भने आज महिलाहरूमाथि हुने वलात्कारलगायत उत्पीडनको जरो हजारौं वर्ष पुरानो जमिनमा गाडिएको छ । त्यो हजारौं वर्षको मूल्य, मान्यता र संस्कारहरूमा जोडिएको छ । लगभग आठ हजार वर्ष पुरानो यो रोगको निदानका लागि एकाध बलात्कारीलाई फाँसीमा चढाउने उपचार विधि पर्याप्त हुन्न । वलात्कारीको लिङ्ग काट्ने भन्ने जस्ता कुराले त झन हुँदै हुन्न । पुरुष सत्तावादी सामाजिक कारखाना नै बलात्कारी जन्माउने कारखाना हो । जुन कारखानाबाट दिनहुँ वलात्कारीहरु जन्मिरहेका छन् । कारखाना वेरोकटोक चलिरहेपछि दिनमा दशजना बलात्कारीलाई झुन्ड्याए पनि बलात्कार रोकिँदैन । हाम्रो ध्यान बलात्कारीलाई कडा सजाय गर्नेसँगै बलात्कारी जन्मने कारखाना पनि बन्द गर्नेमा हुनुपर्छ । पुराना महिलाविरोधी मान्यताहरू केही पनि नछोड्ने, समाजको पुरानो संरचनालाई भत्काउन तयार नहुने, रुढीवादी पनि भैरहने अनि हामीमाथिको उत्पीडन हट्नुपर्यो भन्नु ढुंगाले किचिएको मानिसले ढुङ्गो नपल्टाई या नफुटाई मलाई उद्दार गर भने जस्तै अवैज्ञानिक कुरा हो ।

महिलाहरूको मुक्तिको संघर्ष एउटा लामो र कठिन संघर्ष हो । आर्थिक तथा राजनीतिक रुपमा समान भएपछि पनि अझै केही वर्ष वा केही कालसम्म धर्म, संस्कृति र परम्पराको सिक्रीले बाँधिएका महिलाहरूले त्यो सिक्री चुँडाल्न लडाईं लड्नै पर्ने हुन्छ ।

आजको महिलाविरोधी समाज व्यवस्थालाई राज्यले बचाएर राखेको हुन्छ । बाहिर देखाउनलाई जे भने पनि राज्यका निकायहरु महिलामैत्री छैनन् । प्रहरी, सेना या सरकारी हाकिम देख्दा एक्ली महिलाले कहिले ढुक्कको महसुस गर्दिनन् । प्रहरीबाटै महिला प्रहरी बलात्कार भएको हाम्रै देश हो । प्रहरी चौकी र सेनाका व्यारेकहरुभित्र कैयन महिलाहरु बलात्कृत हुन्छन् । ममाथि बलात्कार भयो भनेर उजुरी गर्न जाने महिलालाई प्रहरीले सोध्ने प्रश्न र गर्ने व्यवहार कस्तो हुन्छ भन्ने कुरो सबैलाई थाहा छ । मन्दिर भित्रको यौन शोषणको कुरा पनि नयाँ होइन । घरदेखि अफिससम्म, प्रहरी चौकीदेखि मन्दिरसम्म, होटल रेस्टुरेन्टदेखि लजसम्म बलात्कारका हजार अखाडा छन् । महिला भनेकी पुरुषले जे पनि गर्न पाइने चिज हो र यो समाजमा हाम्रो बोलवाला भएकोले उसले हल्ला गरे पनि उल्टै उसैलाई लाज हुन्छ भन्ने मानसिकता समाजले पुरुषलाई थोपरेको छ । केही गरी प्रहरीले समाते पनि पैसा दिएर मिलापत्रको नाममा कुरा मिलाउन सकिन्छ भन्ने पुरुषलाई थाहा छ । हजारौं घटनाबाट समाजको नाडी छामेको पुरुष बलात्कार जस्तो अपराध सजिलै गर्न पुग्छ । मठ मन्दिर, चौकी थाना, अदालत सबैतिर पुरुष नै भएको र प्राय: पुरुषको धारणा उस्तै हुने भएकोले महिलाले न्याय पाउन मुस्किल हुन्छ ।

यी सवै कुराहरूको सार के हो भने महिलाले यो समाज मेरो लागि पनि पुरुषलाई जत्तिकै आनन्ददायक छ भनेर निस्फिक्री हुनको लागि सवैभन्दा पहिले यो पुरानो समाजलाई भत्काउनै पर्छ । पुरुषहरुले आठ हजार वर्ष लगाएर निर्माण गरेका सारा पुरुष प्रधान मूल्य, मान्यता र आदर्शलाई आगो सल्काएर खरानी बनाएपछि र महिला पुरुष बराबरी हुने समाज बनाएपछि मात्र महिलाहरुको आनन्दका दिन फिर्ने छन् ।

त्यसैले महिलाहरूको मुक्तिको संघर्ष एउटा लामो र कठिन संघर्ष हो । आर्थिक तथा राजनीतिक रुपमा समान भएपछि पनि अझै केही वर्ष वा केही कालसम्म धर्म, संस्कृति र परम्पराको सिक्रीले बाँधिएका महिलाहरूले त्यो सिक्री चुँडाल्न लडाईं लड्नै पर्ने हुन्छ । युगौको आदतले महिलाहरुलाई अझै पिरोल्नेछ । त्यो आदतलाई निमित्यान्न पार्न आफ्नैविरुद्ध पनि कठोर लडाईं फेरि लड्नु पर्नेछ । लामो र कठोर यात्रामा निस्कने प्रण गर्नु नै एउटा मात्र उपाय हो ।

(Visited 460 times, 1 visits today)

टिप्पणी

comments