Main Menu

अवैध भारतीय नोटसहित एक पक्राउ

माघ ८, विराटनगर

one-arrested-illegal-indian-currency

८ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेका छन् । उनलाई विराटनगरको ट्राफिक चोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सटही गर्न खोजिरहेको अवस्थामा उनको साथबाट प्रहरीले भारतीय नोट २ हजारको ४२५ थान बरामद गरेको जनाएको छ ।

पक्राउमा परेका मितललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कारबाहीका लागि नगदसहित ललितपुरस्थित राजस्व अनुसन्धान विभागमा पठाइने पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(Visited 12 times, 1 visits today)

टिप्पणी

comments