Main Menu

मजदुर दिवस बारे केही तथ्यहरु

वैशाख १८, काठमाडौं

आज अन्तर्राष्ट्रिय मजदुर दिवस हो । विश्वभरका मजदुरहरुले आज आफ्नो महत्वपूर्ण दिवस बिभिन्न कार्यक्रमका साथ मनाइरहेका छन् । नेपालमा पनि बिभिन्न श्रमिक सङ्गठन तथा कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाइरहेका छन् । कम्युनिष्ट आन्दोलन रक्षात्मक बनिरहेको अहिलेको समयमा श्रमिक दिवसको महत्व थप बढ्दै गइरहेको छ । किनकि, कम्युनिष्ट आन्दोलनले क्रान्तिको चालक शक्तिको रुपमा श्रमिक वर्गलाई मान्दछ र समाजमा विद्यमान शोषणको जरालाई समूल नष्ट गरी शोषण रहित समाज निर्माण गर्नका लागि श्रमिक वर्गको एकता र बलमा आन्दोलन गरी समाजवादी क्रान्ति गर्ने र उनीहरुकै अधिनायकत्वमा वैज्ञानिक समाजवादी शासन व्यवस्था र समाज स्थापना गर्नुको विकल्प नभएको मार्क्सवादले सिकाएको छ । तर, अहिले श्रमिक आन्दोलनले विश्वव्यापी रुपमा शक्तिशाली भएको छैन । तर, उनीहरुमाथिको शोषण नयाँ रुपमा झनझन चर्को हुँदै गइरहको छ । यस्तो अवस्थामा मे दिवसलाई रीत पुर्याउने किसिमले मात्र नभई नयाँ समयमा नयाँ ढङ्गले संगठित गर्नु जरुरी छ । यस अर्थले पनि यो दिवसको महत्व बढेको छ । यसै सन्दर्भमा यहाँ मे दिवसका केही तथ्यहरुबारे सोनाम साथीले तयार पारेको छोटो र बुँदागत सामग्री प्रस्तुत गरिन्छ ।

मे दिवससम्बन्धी केही तथ्यहरु

१.अमेरिकाको सिकागो शहरमा १ मे १८८६ मा ३ लाखौं मजदुरहरुले ८ घण्टा कार्य दिवसको माग गर्दै आम हडताल गरे । तीन दिनपछि ४ मे मा सिकागोको “हे मार्केट”मा जम्मा भएको भिड हटाउन पुलिसले जबर्जस्ती  कार्वाही गर्दाको समयमा कसैले भिडमा बम फ्याकी दियो । त्यसैलाई निहु बनाई पुलिसले मजदुरको भिडमा गोली चलाउँदा ८ मारिए, ६० घाइते भए । कैयन मजदुरहरुलाई पक्रेर ४ मजदुर नेतालाई झुण्ड्याएर मारिए ।

२. सन् १८८९ मा Second International को पेरिसमा भएको प्रथम महाधिवेसनले “हे मार्केट” दमनको बिरोधमा १८९० मे १ मा विश्वब्यापी बिरोध प्रदर्शन गर्ने निर्णय गर्यो ।

३. सन् १८९१ मा Second International को ब्रसेल्समा भएको दोस्रो महाधिवेसन ले “१ मे ” लाई विश्वभरी नै मजदुर दिवसको रुपमा मनाउने निर्णय गर्‍यो । उक्त दिन सबै मजदुरले काम बन्द गर्ने निर्णय गर्‍यो ।

४. मे १, १८९० मा Communist Manifesto को चौथो जर्मन संस्करण को भूमिकामा विश्व सर्वहारावर्गका नेता फ्रेडरिक एङ्गेल्सले प्रथम International May दिवसबारे  भन्नुभयो-
“अब सबै ठाउँका पुँजीपति र जमिन्दारहरुले महसुस गरेको हुनुपर्छ कि सबै ठाउँका सर्हावरा वर्ग एकजुट भएका छन् । कठै मार्क्स आज म सँगै यो दिन देख्न बाँची रहनुभएको भए !”
(कार्ल मार्क्सको १८८३ मा देहान्त भयो भने फ्रेडरिक एङ्गेल्स १८९४ मा बित्नु भो)!

(Visited 62 times, 1 visits today)

टिप्पणी

comments