Main Menu

सम्पादकलाई धम्कीप्रति महासंघको ध्यानाकर्षण

पुस १६, काठमाडौँ

fnj-condemn-threatकाठमाडौँबाट सञ्चालित ‘तीव्रखबर डटकम’ अनलाइनमा प्रकाशित समाचारलाई लिएर धम्की दिएकाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज एक प्रेस विज्ञप्ति जारी गरी चौधरी ग्रुपका बारेमा समाचार लेखिएको भन्दै विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

“अनलाइनका कार्यकारी सम्पादक रोशन कार्कीका अनुसार चौधरी ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने कर र नक्कली भ्याट बिलका सम्बन्धमा समाचार प्रकाशित भएपछि टेलिफोनबाट ‘चौधरी ग्रुपले कर नतिर्दा तेरो के जान्छ ? तुरुन्त चौधरी ग्रुपको विरुद्ध समाचार लेख्न बन्द गर्, नत्र भौतिक कारबाही गर्न पछि नपर्ने’ भनी धम्की आएको” विज्ञप्तिमा जनाइएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न समेत महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

(Visited 28 times, 1 visits today)

टिप्पणी

comments