Main Menu

Wednesday, February 14th, 2018

 

लेखकले त सत्यको निरन्तर खोज्ने हुनुपर्छ-निनु चापागाईं

फागुन २, पोखरा मार्क्सवादी चिन्तक एवं समालोचक निनु चापागाइँले वर्तमानमा कम्युनिस्ट आन्दोलनमा लागेकाहरु नपढ्ने रोगबाट ग्रसित भएको बिचार व्यक्त गरेका छन् । छैठौं घनश्याम ढकाल स्मृति दिवसको अवसरमा पोखरामा सम्पन्न लेखक–साहित्यकारहरुको ‘वर्तमान सन्दर्भमा लेखकहरुको दायित्व’ विषयक  एक गोष्ठी कार्यक्रममा बोल्दै उनले सो बिचार व्यक्त गरेका हुन् । २०६८ फागुन १ गते जनयुद्ध दिवसमा सहभागी हुन राजधानी काठमाडौंको खुलामञ्चतर्फ जाँदै गर्दा प्रदर्शनी मार्गमा मोटरसाइकलको ठक्करबाट निधन भएका साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष बितेका घनश्याम ढकालको स्मृतिमा सो गोष्ठी ‘घनश्याम ढकाल साँस्कृतिक प्रतिष्ठान’ को आयोजना र ‘गण्डकी साहित्य सङ्गम’ को सहआयोजनामा हिजो सम्पन्न भएको थियो । गोष्ठीमा बोल्दै समालोचक चापागाइँलेपूरा पढ्नुहोस्


फ्रन्सको सिरियामा हमला गर्ने चेतावनी

२ फागुन, संयुक्त राष्ट्रसंघ फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोले सिरियाको सेनाले आफ्ना नागरिकलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरिरहेको पाइएमा फ्रान्सले सिरियामाथि नै हमला गर्ने चेतावनी दिएका छन् । सिरियाली सेनाले विपक्षीलाई दबाउने नाममा यस्ता हतियार प्रयोग गर्दै आएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला उनको यो प्रतिक्रिया आएको हो । उनले भनेका छन् – यदि कुनै पनि फ्रान्सेली नागरिकमाथि यस्तो हमलाको प्रमाण फेलापर्यो भने हामी बाँकी राख्दैनौँ, यस्तो खालको आक्रमणको तयारी गर्ने स्थानमा नै हामीले हमला गर्नेछौँ । प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएको भन्ने समाचारको पुष्ट्याईँका लागि फ्रान्सेली गुप्तचर निकायले अनुसन्धान गरिरहेको बताइएको थियो । तर सो अनुसन्धानको परिणाम भने आइसकेको छैनपूरा पढ्नुहोस्


नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने

२ फागुन, काठमाडौँ तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । महाशाखाले माघ २४ गतेदेखि उक्त प्रक्रियालाई तीव्रता दिएको हो । ट्राफिक व्यवस्थापनका लागि महाशाखामा राखिएको सिसी क्यामरा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसी क्यामरामार्फत ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई निगरानीमा लिएर कारबाही गर्न शुरु गरेको हो । दुई वर्ष पहिलेदेखि महाशाखाले सिसी क्यामराको माध्यमबाट सवारी साधनलाई नियन्त्रणमा लिएरपूरा पढ्नुहोस्


प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत नियुक्त

२ फागुन, महेन्द्रनगर धनुषा प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई नियुक्ति पत्र प्रदान गरिएको हो । कायस्थले मन्त्रिपरिषद् विस्तारका लागि समेत राउतलाई पत्र दिएका छन् । योसँगै मन्त्रिपरिषद्को लागि बाटो खुलेको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि राउतले संक्षिप्त प्रतिक्रिया दिँदै भने–“मधेसी शहीदको सपना साकार भएको छ ।” फोरम नेपालको संसदीय दलका नेता समेत रहेकापूरा पढ्नुहोस्


रोल्पामा बहुविवाह बढ्दो, उजुरी भने न्यून

२ फागुन, लिबाङ, रोल्पा रोल्पामा बहुविवाहको क्रम बढ्दो भए पनि बहुविवाहविरुद्ध न्यून उजुरी पर्ने गरेको छ । जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार दुई आवमा तीनवटा मात्र बहुविवाहका मुद्दा दर्ता भएका छन् जसअन्तर्गत यस आवमा दुईवटा तथा गत आवमा एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालले जानकारी दिए । जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार माना चामल, अंश, सम्बन्धविच्छेदजस्ता प्रकृतिका केही मुद्दामा दुईवटी श्रीमती भएको देखिन्छ । तर पनि बहुविवाहको प्रसंग नै आउँदैन । यसरी बहुविवाहविरुद्ध मुद्दा कम पर्नुका कारण बहुविवाह एउटा अपराध हो, उजुरी गर्नुपर्छ भन्ने जानकारी पीडितलाई नभएको हुन सक्छ । साथै, कानूनी अज्ञानताका कारण गाउँपूरा पढ्नुहोस्


पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो

२ फागुन, गोरखा भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार जगैदेखि भत्काइएको यो दरबार पुरानै स्वरुपमा जस्ताको त्यस्तै पुनःनिर्माण गरिनेछ । पुरातत्व विभागका कर्मचारीको उपस्थितिमा दरबार भत्काइएको हो । “पुराना सामग्री हटाउने कार्य भइरहेको छ । काम लाग्ने सामग्री पुनः प्रयोगपूरा पढ्नुहोस्


काँग्रेसले समानुपातिक सूची सच्यायो

congress-meeting-flood

२ फागुन, काठमाडौँ नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ । काँग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाइ रंगमती शाहीको नाम राखेको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । नाम थपिएका विष्ट र शाही दुबै पिछडिएका क्षेत्रबाट परेका हुन् । यस अघिको सूचीमा नाम रहेका पाण्डे र शर्मा दुबै खस-आर्य कोटामा परेका थिए । काँग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रबाट कुनै पनि प्रतिनिधित्व नभएको भन्दै आयोगले सच्याउन दुई दिनको समय दिएको थियो । काँग्रेसले यस अघिको सूची सच्याएर आजै आयोगमा बुझाउँदैछ ।पूरा पढ्नुहोस्


विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

२ फागुन, काठमाडौँ सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे नामिबियास्थित वान्डरर्स स्टेडियममा शुरु हुनेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो । अन्तिम चरणको खेल बाँकी हुँदा क्यानाडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ । बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमापूरा पढ्नुहोस्