Main Menu

Friday, January 12th, 2018

 

सरकारबाट वाम मन्त्रीहरु फिर्ता

कांग्रेसलाई सरकार छाड्न चर्को नैतिक दबाव

पुस २८, काठमाडौं संसदको निर्वाचन सम्पन्न भएको महिना दिनपछाडि पनि कुर्सी नछाडी बसेको शेरबहादुर देउवाको नेतृत्वको दक्षिणपन्थी गठबन्धनको सरकारलाई वामपन्थीहरुले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर सत्ता छाड्न चर्को नैतिक दबाव दिएका छन् । कांग्रेससँग सत्ता साझेदारी गरिराखेको प्रमुख पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीलाई पार्टीको तर्फबाट एक आधिकारीक पत्र लेखी आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको जानकारी गराएपछि सरकारलाई सो दबाव परेको हो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई बझाएको पत्रमा भनिएको छ, “नेपालको संविधानले अंगिकार गरेको संघीय प्रणाली कार्यान्वयन गर्ने सन्दर्भमा २०७४ असोज २ को स्थानीय तह मंसिर १० र २१ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेपूरा पढ्नुहोस्


पूरा हुँदै कलंकी–कोटेश्वर सडकखण्ड

२८ पुस, ललितपुर तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट भुक्ति पाउनु हुने भएको छ । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । छ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो । सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौँ उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ । यो सडकखण्डमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । उनकापूरा पढ्नुहोस्


३८६ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न

२८ पुस, भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रले चौबिसै घण्टा दैनिक १०० जनाभन्दा बढीको हेमोडायलाइसिस सेवा सञ्चालन गरेको पनि उनले जानकारी दिए । केन्द्रले मुलुकमा नै पहिलो पटक सफल मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौलाको प्रत्यारोपण, सफल कलेजो प्रत्यारोपण गर्नाका साथै सरकारी अस्पतालमा पहिलो पटक इन्डोस्कोपिक अल्ट्रासाउण्ड सेवा सर्वसुलभ रुपमा उपलब्ध गराएको उनले बताए । मिर्गौला रोगीको चाप बढेसँगैपूरा पढ्नुहोस्


तयार भयो हेटौँडामा क्रिकेट मैदान

२८ पुस, हेटौँडा मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् । करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण भएको छ । सरकारी बजेटमा निर्माण भएको योे क्रिकेट मैदान राष्ट्रिय प्रतियोगिता र अभ्यासका लागि उपयुक्त रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । हुप्रचौरमा विगतमा खाल्डाखुल्डीका साथै झाररहित मैदान र उपयुक्त पिचबिनै क्रिकेट प्रतियोगिता र अभ्यास गर्नु बाध्यता रहेकाले पनि मकवानपुरे क्रिकेटको विकास हुनपूरा पढ्नुहोस्


मौसमी सूचना अब अत्याधुनिक राडारबाट, रडार जडान प्रक्रिया शुरु

पुस २८, काठमाडौँ मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु भइसकेको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिए । सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ । हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडार जडानपछि वास्तविक सूचना पाउन सकिनेछ । “सुर्खेतमा मौसमी राडारको काम अघि बढिसकेको छ । सम्झौता भइसकेकाले अब करिब पाँच महिनाभित्रपूरा पढ्नुहोस्


वहस पृथ्वी जयन्ती र पृथ्वीनारायण शाह

खसआर्य, राजावादी एवं गोर्खालीकाले गौरवको र जनजातिहरुले कालो दिन मनाए

पुस २८, काठमाडौं एकात्मक सामन्ती शाहवंशीय राजतन्त्रलाई माओवादी जनयुद्धको जगमा सङ्गठित र सञ्चालित ६२-६३ को जनआन्दोलनले राज्यसत्ताको तहमा जरैदेखि उखेलिदियो । नेपालमा साङ्ठनिक रुपले बलियो एकात्मक सामन्ती राजतन्त्रको स्थापना पृथ्वीनारायण शाहले नै गरेका हुन् । पछि यसलाई पूर्वमा तिस्ता र पश्चिममा काँगडासम्म नेपाललाई विस्तार गर्नमा उनका उत्तराधिकारीहरुले गरे । पृथ्वीनारायण शाहले गोर्खाबाट आई षडयन्त्रमुलक खेल खेली सोझा तत्कालीन वैभवशाली नेपाललाई आफ्नो कब्जामा लिएको कुरा इतिहासको ब्याख्यामा स्पष्ट झल्किन्छ । यही कारणले नै होला रैथाने काठमाडौंवासीले पृथ्वीनारायणलाई दिलैदैखि कहिल्यै आदर गर्न सकेका छैनन् । राज्य विस्तारको क्रममा पृथ्वीनारायणले पूर्व र पश्चिमका गुरुङ, मगर, तामाङ, राई, लिम्बू आदि आदिवासी जनजातिका राज्य एवंपूरा पढ्नुहोस्