Main Menu

Wednesday, January 3rd, 2018

 

माघ २ देखि महानगरका भित्री सडकमा चारपांग्रे सवारी साधन निषेध गरिँदै

पुस १९, काठमाडौँ काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ । कामपाको वडाध्यक्षहरुको आज बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक, ऐतिहासिक र पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई र पैदलयात्रुलाई समेत समस्या उत्पन्न भएकाले यस्तो निर्णय गरेको कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए । शाक्यका अनुसार कामपाभित्रका विशेषगरी वडा नं २५, १८, १७, २७ हरुमा सवारी निषेध गर्न लागिएको हो । बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ । त्यसैले यस्तो निर्णय गर्नु परेको शाक्यले बताए । इन्द्रचोक, मखन, नरदेवी, किलागललगायत भित्री बाटोमापूरा पढ्नुहोस्


बढ्दैछ ई-लाइब्रेरीको लोकप्रियता

पुस १९, काठमाडौँ सूचना प्रविधिले व्यापकता पाएसँगै विद्युतीय पुस्तकालय (ई-पुस्तकालय)को विकास र प्रयोग क्रमशः बढ्न थालेको छ । विद्युतीय पुस्तकालयले प्रयोगकर्तालाई सकारात्मक सिकाइ र आत्मविश्वास बढाउँदै जाने हुँदा सरकारी र गैरसरकारी संस्थाको पनि यसमा चासो बढ्दै गएको छ । ‘जीवनपर्यन्त सिकाइका लागि एक स्थानीय तह – एक नमूना पुस्तकालय’ को अभियानलाई दुर्गम क्षेत्रका विद्यालयमा समेत पुर्याउन लाइब्रेरी–नेपाल डटकम शुरु भएको छ । ‘स्तम्भ नेपाल’ नामक संस्थाले प्रारम्भिक पाठ्यसामग्रीका साथै बाल साहित्यलाई समेटेर आजदेखि उक्त विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याएको हो । यसबाट कार्य पुस्तिकालाई प्रिन्ट गर्न, कम्प्युटर, मोबाइल र प्रोजेक्टरद्वारा देखाएर विश्लेषण गर्न सकिनेछ । एकपटक डाउनलोड गरेपछि जुनसुकै समयमा पनिपूरा पढ्नुहोस्


मतगणनाका मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश

पुस १९, काठमाडौँ सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज प्रदेश (क) मा निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो । यसअघि पुस ७ गतेको सुनुवाइमा आजका संवैधानिक इजलासले निर्वाचन आयोग र उम्मेदवार दुवैलाई छलफलका लागि बोलाएको थियो । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा मतगणनाका क्रममा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो प्रदेशमा पौडेलका प्रतिस्पर्धी नेकपा (माओवादीपूरा पढ्नुहोस्


आज वर्षकै चिसो दिन – मौसमविद्

पुस १९, काठमाडौँ आजको दिन यो वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उपत्यकाको तापक्रम आज २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए । यसअघि पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो । जिरी, जोमसोम र जुम्लाको तापक्रम आज माइनसमा झरेको छ । जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उनले बताए । तराईका सबैजसो भागमा हुस्सु लागेको छ । तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम् तापक्रम घटेको छ । एक दुईदिन मौसम यस्तै रहने विभागले जनाएको छ । आकाशमापूरा पढ्नुहोस्


अस्थायी राजधानी तोक्ने निर्णय भएको छैन

पुस १९, काठमाडौँ सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएकाले यस सम्बन्धमा भ्रममा नपर्न उक्त कार्यालयका प्रवक्ता तथा सहसचिव हरिप्रसाद पन्थीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।


प्रमुख निर्वाचन आयुक्तको प्रश्न : प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ?

पुस १९, काठमाडौँ प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य तत्काल बन्द गर्न राजनीतिक दल र उनीहरुको भ्रातृ संगठनलाई ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले)का भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा यादवले आयोगको छविलाई धुमिल र कमजोर बनाउने काम नगरिदिन राजनीतिक दल र तिनका भ्रातृ संगठनको ध्यानाकर्षण गराए । संविधान र लोकतन्त्रलाई क्षणिक ढंगबाट व्याख्या र विश्लेषण नगर्न आग्रह गर्दै उहाँले संविधान र कानूनले तय गरेको सबै विधि र प्रक्रिया पूरा गरेरमात्रै निर्वाचनकोपूरा पढ्नुहोस्


अफगानिस्तानमा सन् २०१७ मा ४ लाख ४५ हजार नागरिक विस्थापित

पुस १९, काबुल अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दाबढी सर्वसाधारण विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरिक विस्थापित भएका छन् । अफगानिस्तानमा जारी द्वन्द्वमा जनवरी सन् २०१७ को १ देखि ३१ डिसेम्बर सम्ममा ४ लाख ४५ हजार ३३५ नागरिक विस्थापित भएका जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वी अफगानिस्तानबाट आन्तरिक रुपमा विस्थापित हुने व्यक्तिहरुमा करिब १ लाख ४० हजार २०५ रहेका छन् भने त्यसमा १ लाख २३ हजार ५३८ जना नान्गाहार प्रान्तका मात्र रहेका जनाइएको छ । नान्गाहार प्रान्तको पनि खोग्यानी जिल्लाबाट ६४पूरा पढ्नुहोस्


सरकार निर्माणका लागि बाटो नबनाएकोमा अध्यक्ष प्रचण्डको असन्तुष्टि

पुस १९,  काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले भने, “परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुन्थ्यो ।” अध्यक्ष प्रचण्डले कानूनी व्यवस्थाका कारण केही ढिलाइ भए तापनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको स्पष्ट पारे । पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दैपूरा पढ्नुहोस्


ध्यान सबैको राष्ट्रियसभा सदस्य निर्वाचनतिर

parliament-meeting-postponed

राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न र नयाँ सरकार गठन गर्न अप्ठ्यारो पर्ने भएपछि अब सबैको ध्यान राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएको छ । पहिले राष्ट्रियसभाको निर्वाचन कि प्रतिनिधिसभाको सम्पूर्ण मतपरिणाम भन्ने प्रमुख दलबीचको मतभेदका बीच निर्वाचन आयोगले यस बारेको संवैधानिक व्यवस्थाका बारेमा स्पष्ट पारेपछि राष्ट्रियसभा निर्वाचनको तयारी शुरु भएको छ । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसँगको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ २५ गते तोक्ने विषयमा सहमति जनाएका थिए । त्यसैको तयारीका लागि प्रधानमन्त्री देउवाले आवश्यक परामर्श गर्न सर्वदलीय बैठककोपूरा पढ्नुहोस्


बारामा ४० प्रतिशत बालबालिकामा कुपोषण

पुस १९, कलैया बारा जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, बारामा आज आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले कुपोषण बालबालिकाहरुलाई उपचार गर्न जिल्लाका १८ गाउँमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार युनिसेफको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण कार्यक्रम जिल्लाका उपमहानगर, नगरपालिका र गाउँपालिका गरी १६ वटा स्थानीय तहमा सञ्चालन भएको छ । सो अवसरमा परिवार नियोजन कार्यालयका राघवेन्द्र कर्णले २०७४/७५ मा ५०० महिला–पुरुषलाई परिवार नियोजन गराउने लक्ष्य लिएकामा एक महिनामा ८१२ जना महिला–पुरुषको परिवार नियोजन गराएको बताए । जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन सञ्चारकर्मीका लागि आयोजना गरिएको सो कार्यक्रममा जनस्वास्थ्यपूरा पढ्नुहोस्