Main Menu

Thursday, December 28th, 2017

 

मंगले दम्पत्तिका लागि बन्ने भयो नयाँ घर, सहिद परिवारले पाउनुपर्ने दशै लाख पाए

पुस १३, रोल्पा जनयुद्धमा एकमात्र छोरालाई गुमाएका सुनछहरी गाउँपालिका–७, जेलबाङका मंगले बुढा दम्पत्तिको लागि नयाँ घर बन्ने भएको छ । उनले सहिद परिवारले राज्यबाट पाउने राहत रकम दश लाखसमेत प्राप्त गरेका छन् । बीबीसी साझा सवालको आईतबारको संस्करणमा मंगले बुढाले झुपडीमा बसेर सहिद परिवारले पाउने रकम आफूहरुले नपाएको बताएका थिए । मंगले दम्पत्तिको कुरा सुनेर निवर्तमान सभामुख ओनसरी घर्तीले आँशु थाम्न नसकेको र रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले भावुक हुँदै घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएको साझा सवालको उक्त संस्करण लाखौँले हेरेका थिए । मतदाताहरुलाई धन्यवाद दिएर काठमाडौँ फर्किएका अनन्तलेपूरा पढ्नुहोस्


काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

pm-hungarian-ambassador-meeting

पुस १३, काठमाडौँ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक भोलि बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेसको बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुन लागेको जानकारी दिए । निर्वाचनमा काँग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गरे पछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन लागेका हुन् । काँग्रेसको २९ सदस्यीय केन्द्रीयपूरा पढ्नुहोस्


माघ पहिलो साताभित्र नयाँ सरकार – नेता ज्ञवाली

पुस १३, नगरकोट एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले सो अवधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् । एमाले र माओवादीबीच बृहत् छलफल र बहस भइरहेका कारण सरकार गठनलगत्तै पार्टी एकीकरण हुने चर्चा गर्दै सचिव ज्ञवालीले पार्टी एकीकरणमा कुनै शंका नभएको र अब बन्ने सरकार पनि स्थायी सरकारका रुपमा रहने बताए । अहिलेको कामचलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तिहरु गैरकानूनी र नैतिकता विपरीत रहेको उल्लेख गर्दै उनले भने, “नयाँ सरकारलाई कामचलाउ सरकारले अहिले गरेका निर्णय मान्यपूरा पढ्नुहोस्


एकिकृत अखिल नेपाल शिक्षक संगठनकाे चाैथाे जिल्ला अधिवेशन सम्पन्न

congress-leader-aryal-construct-20-houses

१३ पुस, प्युठान एकिकृत अखिल नेपाल शिक्षक संगठनकाे चाैथाे जिल्ला अधिवेशन मंगलबार प्युठान नगरपालिका वडा नं. ४ विजुवार कालिका हलमा सम्पन्न भएकाे छ । कार्यक्रकका प्रमुख अथिति माअाेवादी केन्द्रका सचिवालय सदस्य तथा ५ नम्वर प्रदेशका प्रदेश सभा सदस्य कुल प्रसाद केसीले शैक्षिक स्तर उठाउन शिक्षक र विद्यार्थीलाई हाेस्टेलमा राखेर भए पनि शैक्षिक उपलब्धि उठाउनु पर्ने अवस्था देखिएकाे छ भन्दै शिक्षा क्षेत्रकाे याे अवस्थालाई सुधार्न शिक्षकहरू पूर्ण रूपमा लाग्नु पर्ने बाध्यता रहेका बताए । प्रमुख अतिथि केसीले देशमा राजनीतिक समस्या पूर्ण रूपले अन्त्य भइसकेकाे बताउँदै अब देशमा अार्थिक र शैक्षिक स्तरमा व्यापक परिवर्तन ल्याउने काम वाम शक्तिले गर्न सक्ने धारणा राखेपूरा पढ्नुहोस्


सुल्झियो रानीपोखरी विवाद – मल्लकालीन शैली र स्वरुपमै निर्माण गरिने

पुस १३, काठमाडौँ विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो । मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको विषयलाई लिएर विवाद भएपछि आज बसेको बैठकले पोखरी पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको प्रतिवेदन पेश भई अर्को निर्णय नआउँदासम्मका लागि पुनःनिर्माणको काम नहुने पनि कामपाका प्रमुखपूरा पढ्नुहोस्


फिलिपिन्समा चित्रकला प्रदर्शनी, उल्लेखनीय सहभागीता

पुस १३, मनिला (फिलिपिन्स) फिलिपिन्सको दगुपान पाङ्गासिनानस्थित मंगलदान नेशनल हाई स्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुनेको संख्या उल्लेखनीय रहेको छ । ललितपुरको सौगलमा स्थापित योङ पिकासो संस्थाद्वारा यहाँ आयोजित प्रदर्शनीमा सहभागी हुन विद्यार्थी, चित्रकार, स्थानीयलगायत सरोकारवालाको सहभागीता रहेको आयोजकले जनाएका छन् । उक्त प्रदर्शनीमा नेपालको पर्यटनलाई झल्काउने किसिमका चित्र, कला, संस्कृति, परम्परा, धर्म, जातीय वेषभूषालगायत झल्कने खालको चित्र राखिएको संस्थाका प्रबन्ध निर्देशक एवं चित्रकार अजय देशारले बताए । प्रदर्शनीका लागि उक्त संस्थाको प्रतिनिधित्व गर्दै अजय देशार र चित्रकार किशोर नकर्मी यहाँ आएको उनले बताए । मंगलबारदेखि शुरु भएको प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने उनले जानकारी दिए । एकल चित्रकला प्रदर्शनीअन्तर्गतपूरा पढ्नुहोस्


‘सेवा प्रभावकारिताका लागि महानगरले प्रविधि प्रयोग गर्नुपर्छ’

पुस १३, पोखरा सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले पोखरा लेखनाथ महानगरपालिको सेवा प्रवाह लगायतका विषयमा गरेको अध्ययनले महानगरले सेवाको प्रभावकारिताका लागि प्रविधिको उपयोग गर्दै सेवालाई सरल, छिटो, पारदर्शी र जवाफदेही बनाउनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन पोखरा उपमहानगरपालिका र सुनास कास्कीबीच २०७० साल भदौमा कार्यालयको काम–कारबाही, सेवा प्रवाह, स्रोत परिचालन लगायतका विषयमा जवाफदेहिता, पारदर्शिता तथा सदाचार अभिवृद्धिका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएअनुसार कार्यालयका काम–कारबाही भए/नभएको सम्बन्धमा गरिएको अध्ययनबाट महानगरभित्र सुशासन कायम गराउँदै सेवाको प्रभावकारिता वृद्धि गर्न अझै धेरै काम बाँकी रहेको सदाचार प्रतिबद्धता कार्यान्वयन सर्वेक्षण प्रतिवेदन–२०७४ ले देखाएको छ । कार्यक्रममा पोखरालेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलेपूरा पढ्नुहोस्


कञ्चनपुरमा होमस्टे व्यवसाय फस्टाउँदै

पुस १३, भीमदत्तनगर बितेको दुई वर्षमा कञ्चनपुरको भीमदत्तनगरमा सञ्चालित थारु समुदायको ‘राना थारु होमस्टे’को २ हजार ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् ।  भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा नेपालमै पहिलोपटक राना थारु होमस्टे सञ्चालनमा आएको छ ।  पछिल्लो समय कञ्चनपुरमा होमस्टेको व्यापार फष्टाउँदै गएको छ । राना थारु सामुदायिक होमस्टे समितिका सचिव चेतराम राना बितेको दुई वर्षमा समूह र एकल गरी धेरै पाहुनाले होमस्टेमा रात बिताएको बताउँछन् ।  “गत साउनयता ग्रुपमा आउने पाहुना अलि कम भए,” उनले भने, “केही दिनयता मुलुकमा विभिन्न क्षेत्रबाट पाहुना आउने क्रम बढेको छ ।”  नयाँ कटानमा ८ वटा घरमापूरा पढ्नुहोस्


अशक्त विरामीलाई मासिक ५ हजार दिने मन्त्रिपरिषद्को निर्णय

पुस १३, काठमाडौँ सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु. ५ हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु. ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै रानीपोखरी पुनःनिर्माणमा देखिएको विवाद समाधानका लागि पुरातत्व विभागले स्वीकृत गरेको मापदण्ड बमोजिम नै निर्माण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्री कार्कीले बताए । बैठकले व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजनाको प्रथम चरणको असल अभ्यासलाईपूरा पढ्नुहोस्


दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपति आउने

पुस १३, काठमाडौँ त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. डा. एम जगदीश कुमारलाई आमन्त्रण गरिएको छ । उपकुलपति कुमार शुक्रबार नेपाल आउने कार्यक्रम छ । त्रिविको दीक्षान्त समारोहमा विदेशस्थित विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व प्रमुख अतिथि हुने परम्परा छ ।  ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी सम्पूर्ण रुपमा पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।  समारोहमा विद्यावारिधितर्फ ६२ विद्यार्थीसहित कूल ८ हजार २६७ विद्यार्थी दीक्षित हुने भएका छन् । यस्तै करिब ३ हजार अभिभावक र १ हजार २०० कर्मचारी पनि समारोहमा सहभागी हुने सहनियन्त्रक अधिकारीले बताएपूरा पढ्नुहोस्