Main Menu

Tuesday, December 19th, 2017

 

मोरक्कोमा मार्सल आर्टका नेपाली खेलाडीलाई दुई स्वर्ण

पुस ४, सल्लेरी वर्ल्ड मार्सल आर्ट पिस कप – २०१७ मा सहभागी भएको नेपाली टोलीले २ स्वर्ण पदकसहित ३ रजत पदक प्राप्त गर्न सफल भएको छ । मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पारेको मोरक्कोबाट नेपाल मार्सल सेल्फ डिफेन्स संघ, नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापालले जानकारी दिए । यस्तै, सञ्जु महर्जनले दुईवटा रजत पदक र ङवाङ केशाङ लामाले पनि एक रजत पदक प्राप्त गर्न सफल भए । नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापाल, प्रथम उपाध्यक्ष नुतन श्रेष्ठ, नेपालका शाखा प्रमुख वाङ्जु तामाङसहित ७ जनाको टोली बुधबारपूरा पढ्नुहोस्


चीनमा नेपालसम्बन्धी अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता

पुस ४, काठमाडौँ पर्यटन प्रवर्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनको छन्दुमा शुरु भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्दु सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिवसीय नेपालसम्बन्धी फोटो प्रदर्शनी पनि शुरु गरिएको हो । दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने वाइड न्यारो एलेमा कम्तीमा ६ लाख चिनियाँ तथा विदेशी पर्यटकले उक्त प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा नेपालका धार्मिक, सांस्कृतिक, पर्यटन, कला संस्कृतिसँग जोडिएका तस्बीर प्रदर्शनीमा राखिएको छ । प्रतियोगिता र प्रदर्शनीको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको पर्यटन प्रवर्धन गर्न फोटो प्रतियोगिता कोशेढुंगा साबित हुनेपूरा पढ्नुहोस्


आमालाई सरसफाइबारे शिक्षित गराउँदा बाल मृत्युदरमा कमी

पुस ४, काठमाडौँ आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ । शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा त्यस्ता आमा कम्तिमा आधा घण्टादेखि एक घण्टासम्ममा रहन्छन् । सो समयमा स्तनपानको महत्व, बच्चाको दिशापिसाब विसर्जन गर्दा ध्यान दिनुपर्ने कुरा, पानी उमालेर खाँदा हुने फाइदा, शिशुलाई पौष्टिक तत्वको आवश्यकता, हात धुने तरिकालगायत विषयमा जानकारी दिँदा आमा र शिशु दुवैको स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको सोमबार जानकारी दिइएको छ । स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखा र वाटर एड नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा बर्दिया, जाजरकोट, नवलपरासी र म्याग्दीमा सञ्चालित सरसफाइ प्रवर्द्धनमार्फत नियमित खोप कार्यक्रमले ती जिल्लामापूरा पढ्नुहोस्


मण्डनदेउपुरमा विनाशले विकास ल्याउँदै

congress-leader-aryal-construct-20-houses

पुस ४, काभ्रेपलाञ्चोक ‘विनाशले विकास ल्याउँछ’ भन्ने भनाइ मण्डनदेउपुर नगर–७ नौबीसेका वरिष्ठ नागरिकलाई सही लाग्न लागेको छ । वि.सं. २०७२ वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिको परकम्पबाट पूर्णरुपमा क्षति भएको आफ्नै गाउँको महादेवस्थानस्थित कालीदेवी प्रा.वि. भवन आधुनिक रुपमा नवनिर्माण भएपछि सुनिँदै आएको उक्त भनाइमा सत्यता हुँदो रहेछ भन्ने लागेको ७४ वर्षीय गुणनिधि नेपाल बताउँछन् । उनले भने, “विनाशले विकास ल्याउँदो रहेछ ।” उनले आफ्नो गाउँमा बनेको राम्रो भवनमा सुरक्षित अवस्थामा आफ्ना गाउँका नानीहरुले शिक्षा पाएकामा खुशी व्यक्त गरे । नेपालको भनाइलाई समर्थन गर्दै ६० वर्षीय यमप्रसाद सापकोटाले भने, “भूकम्पपछि नयाँ आधुनिक नयाँ विद्यालय भवन पो बन्यो ।” एशियाली विकासपूरा पढ्नुहोस्


छाउपडी गोठ भत्काउने अभियान शुरु

पुस ४, कञ्चनपुर वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटको वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताउनुभयो । “छाउपडी कुरीतिको रुपमा रहेको छ, कानूनले पनि यसलाई अवैध भनेको छ” उनले भने, “महिला अझै पनि छाउपडी गोठमा बसेकाले भत्काएका हौँ ।” अभियान सबै वडामा लगिने जनाइएको छ । गोठ भत्काउने अभियानमा वडाध्यक्षहरुले पनि साथ दिएका छन् । वडा नंपूरा पढ्नुहोस्


फोरम यादवद्वारा मुसहर समुदायका लागि भवन शिलान्यास

पुस ४, राजविराज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका मुसहर समुदायका लागि निर्माण हुने सुबिधा सम्पन्न भवनको हिजो एक समारोह बिच शिलान्यास गरे ।  न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी–४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि करिब ४२ वटा सुबिधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।  दुई कोठा, एक भान्सा र शौचालयसहित एउटा भवन ४ धुर जमिनमा निर्माण गरिने बताइएको छ । करिब रु तीन लाख ५० हजारको लागतमा एउटा भवन निर्माण गर्न लागिएको सो च्यानलद्धारा जानकारी दिइएको छ ।  बाढीबाट प्रभावित/पिडित मुसहर समुदायका लागि सो भवन निर्माण गरिने बताइएको छपूरा पढ्नुहोस्