Main Menu

Sunday, December 17th, 2017

 

‘अब लाम लागेर गाडी चढ्नुहोस्’

पुस २, काठमाडौँ तपाईं सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो । महाशाखाले आजदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था मिलाएको हो । तिनमा एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिल छन् । लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउनेछ । अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जानपूरा पढ्नुहोस्


प्रादेशिक राजधानी विवाद (प्रदेश नं ५) – राजधानीमा आ-आफ्नै दाबी

पुस २, काठमाडौँ प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै कुन प्रदेशको राजधानी कुन सहर हुने भन्ने कुराको बहस चर्को रुपमा उठ्न थालेको छ । निर्वाचनको प्रचारप्रसारका क्रममा उम्मेदवारहरुले आ-आफ्नै सहरलाई प्रदेशको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरी आम जनतासित भोट मागेका थिए । तर अहिले आफ्नो सहरलाई नै प्रदेशको राजधानी बनाउनुपर्छ भनेर विभिन्न सहरहरुमा प्रदर्शन हुन थालेका छन् । बुटवल बुटवलका बासिन्दा, राजनीतिक दल र जनप्रतिनिधिले प्रदेश नं ५ को राजधानी रुपन्देही जिल्लाको बुटवलमा बनाउनुपर्नेमा जोड दिएका छन् । पाल्पाका जननिर्वाचित सांसद, राजनीतिक दल, पूर्वसांसद र बासिन्दाले प्रदेशको राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई ध्यानमा राखी बुटवलमा नै राजधानी बनाउनपूरा पढ्नुहोस्


निर्वाचन आचारसंहिता मंसिर २७ गते हटिसक्यो – आयोग

पुस २, काठमाडौँ निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता मंसिर २७ गतेदेखि नै हटाएको जानकारी गराएको छ । आयोगको मंसिर २६ गतेको बैठकले निर्वाचन आचारसंहिता लागू नरहने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन आचारसंहिताअनुसार आयोगले तोकेका निकायका लागि तोकिएको अवधिभर संहिता लागू हुनेछ । नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह, स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा तत्तत् निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी रपूरा पढ्नुहोस्


दूरगामी महत्वका कुनै निर्णय नगर्न वाम गठबन्धनको चेतावनी

पुस २, काठमाडौँ वाम गठबन्धनले काम चलाउ सरकारले दूरगामी महत्वका कुनै पनि नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी एकता केन्द्रीय संयोजन समितिले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्पष्ट रुपमा जनादेश प्राप्त भइसकेकाले अनावश्यक रुपमा राजनीतिक नियुक्ति, सरुवा, बढुवा नगर्न सरकारलाई सचेत गराएको हो । विशेषगरी सरकारले प्रदेश प्रमुखको नियुक्तिको तयारी गरेपछि गठबन्धनका तर्फबाट यस्तो धारणा सार्वजनिक भएको हो । पत्रकार सम्मेलनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताले काम चलाउ सरकारले दूरगामी महत्वका कुनै पनि निर्णय गर्न नमिल्ने र त्यस्तो गरिए आफूहरुलाई स्वीकार्य नहुने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा रपूरा पढ्नुहोस्


जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन

पुस २, जकार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको निर्णयका विरुद्धमा इन्डोनेसियाको राजधानी जकार्तामा व्यापक प्रदर्शन भएको समाचार छ । उक्त निर्णयका विरुद्धमा अमेरिकाका विरुद्धमा विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको बताइएको छ । यसै क्रममा आइतबार गरिएको अमेरिका विरुद्धको यो निर्णय व्यापक रहेको र यसमा दशौँहजार मुस्लिम नागरिकको सहभागिता रहेको पनि सो समाचारमा जनाइएको छ । यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशले आन्दोलन शुरु गरेका थिए । सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको बताइएको छ । प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमासपूरा पढ्नुहोस्


त्रिविबाट ८ हजार विद्यार्थी दीक्षित हुँदै

nepal-university-teachers-association-convention-unsure

पुस २, काठमाडौँ त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब ८ हजार विद्यार्थी दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस पुल्चोक ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिनेछ । उक्त अवसरमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने तामाङसहित १५ र स्नातक तहमा उत्कृष्ट ल्याउने ८ जनालाई विभिन्न पदक पनि प्रदान गरिने भएको छ ।पूरा पढ्नुहोस्


एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

पुस २, काठमाडौँ एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो । जवाफमा सिंगापुर ३१.१ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमा समेटिएपछि नेपाल च्याम्पियन बन्न सफल भयो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार गरेको थियो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ६३ रनको योगदान दिए । रित गौतमको अनुपस्थितिमा कप्तानी सम्हालेका विशालले ७९ बल खेल्दै एक छक्कापूरा पढ्नुहोस्