Main Menu

Friday, December 15th, 2017

 

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

मंसिर २९, संयुक्त राष्ट्रसंघ उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको छ ।  पछिल्लो समयमा उत्तर कोरियासँग वार्तागर्न संयुक्त राज्य अमेरिका तयार भएको समाचार आएको थियो । यस विषयमा उत्तर कोरियाको कुनै प्रतिक्रिया भने आएको छैन ।  यदि उत्तर कोरिया शान्ति वार्तामा आउछ भने यसका लागि मध्यस्थता गर्न वा आवश्यक के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि पनि राष्ट्रसंघ तयार भएको संयुक्त राष्ट्रसंघीय एकजना उच्च अधिकारीले जानकारी दिएका हुन् ।  संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने प्रमुख एवम् राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टमेनले उत्तर कोरियालीपूरा पढ्नुहोस्


त्रियासी हजार मतको अन्तरले एमाले अगाडि

uml-protest-vote-counting-budget

मंसिर २९, काठमाडौँ पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।  निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा (एमाले)ले २९ लाख ४० हजार ४०, नेपाली काँग्रेसले २८ लाख ५७ हजार, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ८२ हजार तथा संघीय समाजवादी फोरम नेपालले चार लाख १५ हजार मत प्राप्त गरेका छन् ।  राष्ट्रिय जनता पार्टी नेपालले तीन लाख ७७ हजार, विवेकशील साझा पार्टीले एक लाख ९७ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाखपूरा पढ्नुहोस्


आठ ग्रहको नयाँ सौर्य मण्डल पत्ता लाग्यो

यो अहिलेसम्म पत्ता लागेको सबभन्दा ठूलो वाह्य सौर्य प्रणाली हो । केपलर ९० को रुपमा चिनिने यो तारा हाम्रो सूर्यभन्दा केवल थोरै तातो र ठूलो छ । खगोलविदहरुलाई पहिलेदेखि नै यस तारा वरपर सात ग्रहहरु भएको थाहा थियो। वैज्ञानिकहरुका अनुसार नयाँ पत्ता लागेको संसारमा चट्टानी खण्ड एकदम सानो छ। “यसले केप्लर ९० लाई हाम्रो सौर्य मण्डलजस्तै धेरै ग्रहहरु हुने पहिलो ताराको रुपमा देखाउँछ” यो खोजीमा योगदान पुर्याएका गुगलका एक सफ्टवेयर इन्जिनियर क्रिस्टोफर शालु भन्छन् । पृथ्वी आकारका सात ग्रहहरु गुगलका ईन्जिनियरहरूले ग्रहहरु खोजीका लागि एक प्रकारको कृत्रिम ज्ञान प्रयोग गरे । ती ग्रहहरू अघिल्ला खोजीहरूमा छुटेका थिए। अहिलेको खोज नासाकोपूरा पढ्नुहोस्