Main Menu

Tuesday, December 12th, 2017

 

भारतमा कन्डमको विज्ञापन रोक

टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् । भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ । भारतको सूचना तथा प्रशारण मन्त्रालयले सो नियमसहितको जानकारी मङ्गलबार दिएको छ । भारतका सबै टिभीहरुलाई बिहान र बेलुकाको सो समयमा विज्ञापन गर्न नपाउनेगरी उक्त मन्त्रालयले सूचना जारी गरेको बताइएको छ । भारतमा करिब ९०० टेलिभिजन च्यानल छन् । ती टिभीहरुका नाममा सो सूचना जारी गरिएको समाचारमा जनाइएको छ । सो समयमा भारतका बालबालिकामात्र नभएरपूरा पढ्नुहोस्


निर्वाचनको अनपेक्षित परिणामसँगै काँग्रेसमा हारको कारणबारे चर्चा सुरु

मंसिर २६, काठमाडौँ प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ । यही मंसिर १० र २१ गते सम्पन्न दुवै चरणका निर्वाचनमा काँग्रेसले प्राप्त गरेको प्रत्यक्षतर्फको मतपरिणाम सायदै कसैले अनुमान गरेको थियो होला । काँग्रेस नेताहरु पार्टी हारका पछाडि मुख्यरुपमा दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलले अंकगणितीय रुपमा भोट कम देखिएको आँकलन गर्न थालेका छन् । कुल १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको निर्वाचनमा काँग्रेसले अन्तिम नजितासम्म २१ सिटमा मात्र विजय हासिल गरेको छ भने पार्टीका एक से एक हस्तीहरु पराजित भएका छन् । पराजित हुनुमा वाम गठबन्धनबाहेक नामपूरा पढ्नुहोस्


मुलुकमै पहिलोपटक स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

मंसिर २६, काठमाडौँ सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । उक्त ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ । त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताए । यहाँस्थित एडिबीका अनुसार बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले स्वच्छ, विश्वसनीय र खर्च गर्न सकिने स्वच्छ ऊर्जामा गाउँका जनताको पहुँच वृद्धि भएपछि स्थानीय आय वृद्धिका साथै बाह्य विश्वसँग उनीहरुको सम्पर्क स्थापना हुने बताए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललेपूरा पढ्नुहोस्


प्रत्येक्षतर्फ बैतडीमा करिब ९ प्रतिशतभन्दा बढी मत बदर

मंसिर २६, बैतडी मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा ७ हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा ३ हजार १३६ मत बदर भयो भने (ख) मा ३८ हजार १५५ मत खसेकामा २ हजार ५९० मत बदर भयो । समग्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभामा कूल खसेको मतमध्ये ८.९ प्रतिशत मत बदर भएको हो । मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको हो । जिल्लामा १८२ मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएपूरा पढ्नुहोस्


मतगणना कार्य अन्तिम चरणमा, प्रत्येक्षतर्फ वाम गठबन्धनको दुईतिहाई

मंसिर २६, काठमाडौँ दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । आज बिहान ११ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६० र प्रदेशसभा सदस्यतर्फ ३२० प्रतिनिधि निर्वाचित भएका छन् । अब प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ५  निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका ९ निर्वाचन क्षेत्रको मात्र मत परिणाम प्राप्त हुन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि निर्वाचन भएको थियो । हालसम्म प्राप्त विवरणअनुसार, प्रतिनिधिसभा सदस्यपूरा पढ्नुहोस्


इलाममा विरासत जोगाउने यी हेबीवेट

मंसिर २६, इलाम पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी भए । विसं २०४८ र २०५१ सालको निर्वाचनमा उनले नेपाली काँग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरेका थिए भने विसं २०५६ को निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । संसद् पुनःस्थापना भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेता खनालले काँग्रेसका प्रसाईंलाई र विसं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पराजित गरेका थिए । विसं २००६ चैत ६ गते इलामको साविक साँखेजुङ–४ मा जन्मिएका खनाल सञ्चारमन्त्री, कृषि, भूमिसुधार तथा वनमन्त्री हुँदै २०६७ साल माघपूरा पढ्नुहोस्