Main Menu

Sunday, December 10th, 2017

 

वामदेव पराजित

मंसिर २४, बर्दिया नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ७७४ मतले पराजित भएका छन् । बर्दिया–१ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका गौतम नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका हुन् । उपाध्यक्ष गौतम वाम गठबन्धनतर्फ पराजित हुने दोश्रो हेवीवेट हुन् । यसअघि गोरखा क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठ नयाँ शक्तिका डा. बाबुराम भट्टराईसित पराजित भइसकेका छन् ।


अब देश समृद्धितर्फ जान्छ – एमाले अध्यक्ष ओली

मंसिर २४, भक्तपुर नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताएका छन् । आज बालकोटस्थित ओली निवासमा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा विजयी हुने महेश बस्नेत, शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठलाई बधाई दिँदै उनले जनताको चाहना र अपेक्षालाई पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष ओलीले भने, “अब देश विकास र समृद्धितर्फ अगाडि बढ्छ । जनताले विश्वास र आशा राखेर वाम गठबन्धनको पक्षमा मतदान गर्दा आएको नतिजालाई स्वागत गर्दै आमनागरिकप्रति धन्यवाद भन्न चाहन्छु ।” एमाले र वाम गठबन्धनलाई निषेध गर्न चलाइएको भ्रमको खेतीलाई मतदानमार्फत जनताले चिरेको प्रतिक्रिया दिँदै उनले भ्रष्टाचारलाईपूरा पढ्नुहोस्


५ मतले पराजित भएपछि पौडेलद्वारा पुनः मतदानको माग

मंसिर २४, दमौली, तनहुँ नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गरेका छन् । माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मा. वि. र उदय मा. वि. केन्द्रको मतगणनामा कूल २ हजार ३२८ मत हुनुपर्नेमा ४२ मत बढी भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गरेका हुन् । मुचुल्का गरिएको भन्दा बढी मत देखिएको उनले बताए ।  सोही मतगणनाबमोजिम बिना विभागीय मन्त्री एवं माओवादी प्रदेशसभाकी उम्मेदवार आशा कोइराला ५ मतले विजयी भएपछि पौडेलले उक्त परिणाम आफूले स्वीकार नगर्ने जानकारी दिए । “फर्जी मत हालिएकाले सो परिणाम मैले स्वीकार गर्ने कुरैपूरा पढ्नुहोस्


हारेर पनि जीतको अभिव्यक्ति दिनेहरु

मंसिर २४, काठमाडौँ नेपालमा राजनीतिक संस्कार र संस्कृतिको राम्रो विकास हुन सकेको छैन । सामान्यतः निर्वाचनमा पराजित भएपछि उम्मेदवारहरुले “जालझेल गरेर हराइयो” भनेर आरोप लगाउँछन् । धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन जितेको जनाउँदै हार्नेले जित्नेलाई सत्तोसराप गर्ने संस्कृति हट्न सकेको छैन, जबकि संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका उम्मेदवारले हार्ने निश्चित भएपछि तुरुन्तै विजयीलाई बधाई दिने चलन छ । तर यसपालिको चुनावमा नेपालमा पनि केही नेता यस्ता देखिएका छन्, जसले राजनीतिक संस्कार मात्रै होइन, आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई आधिकारिक रुपमा विजयी हुनुभन्दा पहिल्यै गएर खादा ओढाई बधाईसमेत दिए । झापा क्षेत्र नं १ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार विश्वप्रकाश शर्माले त्यस्तोपूरा पढ्नुहोस्


बहुमत आयो भनेर हामी आत्तिदैनौंँ – खनाल

मंसिर २४, इलाम इलाम क्षेत्र नं १ बाट नवनिर्वाचित पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत आयो भनेर वामपन्थीहरु नआत्तिने बताएका छन् । आफ्नो विजयपछि आज चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, “हामी बहुमत आयो भनेर आत्तिदैनौंँ, धैर्य गुमाउने छैनौँ ।” अब बन्ने वामपन्थीको सरकारले जनमुखी कार्यक्रम ल्याउने बताउँदै उनले निर्वाचनमा हारेका र अन्य दललाई पनि समेटेर अघि बढ्ने स्पष्ट पारे । लोकतन्त्रको रक्षा, समृद्धि र विकासमा लाग्ने प्रतिबद्धता जनाउँदै नेकपा(एमाले)का वरिष्ठ नेता खनालले गरिबी र बेरोजगारी उन्मूलन गर्दै पाँच वर्षभित्र समृद्ध मुलुक बनाउने दृढता व्यक्त गरे । नेपालमा अतिवाद, अधिनायकवाद र क्रान्तिको अन्त्य भएर मुलुकमा शान्ति स्थापना भएको बताउँदै नेता खनालले भने,पूरा पढ्नुहोस्


अब कहिल्यै चुनाव नलड्ने केसीको घोषणा

मंसिर २४, सल्लेरी, सोलुखुम्बु नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु ।” नेता केसीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै मतदातालाई धन्यवाद व्यक्त गरे । नेपाली काँग्रेसले चुवाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृद्धितर्फ लाने विषयम काँग्रेसको सदैव साथ र सहयोग रहने उनले बताए । वि.सं. २०४८ यता सम्पन्न निर्वाचनमा चार पटक जितेकापूरा पढ्नुहोस्


गोरखा २ को नतिजा र फेसबुक

मंसिर २४, काठमाडौं प्रतिनिधिसभा निर्वाचनको पहिलो चरण अन्तर्गतको चुनावको प्रक्रिया सुरु भएदेखि नै गोरखा २ निर्वाचन क्षेत्र नेपाली राजनीतिक वृत्तमा चर्चाको विषय हुन पुगेको थियो । माओवादी आन्दोलनका पूर्व हेविवेटका नेता डा. वावुराम भट्टराई र हालका माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश प्रतिद्वन्द्वी उम्मेदवारको रुपमा चुनाव लड्दै थिए । दुबैको गृह जिल्ला र निर्वाचन क्षेत्र एउटै । कसले बाजी मार्ला त भन्ने विषयमा चर्चा परिचर्चा धेरै चल्यो । भट्टराई चालिसौं वर्षसम्म मार्क्सवादी आन्दोलनमा लागेर पछिल्लो समयमा त्यो बाटो नै छाडेर विकास र समृद्धिको नारा लिई गैरमार्क्सवादी राजनीतिलाई अङ्गालेका र नारायणकाजी जनयुद्धमा नलागे पनि त्यसको सकारात्मकतालाई लिई गणतन्त्र आएपछि माओवादी पार्टीकापूरा पढ्नुहोस्