Main Menu

जिम्बाब्वे सेनाले सत्ता हातमा लिनु ‘संवैधानिक’

मंसिर १०, हरारे

zimbabwe-army-takeover-constitutional

वर्तमान राष्ट्रपति इमेर्सन मनाङ्गाग्वा र अपदस्थ राष्ट्रपति रोबर्ट मुगाबे

जिम्बाब्वेको उच्च अदालतले पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिनु संवैधानिक नै भएको ठहर गरेको छ ।

सेनाले अर्का नेता इमेर्सन मनाङ्गाग्वालाई राष्ट्रपतिको रुपमा जिम्मेबारी दिएको भोलीपल्ट शनिबार अदालतको यस्तो निर्णय सार्वजनिक भएको हो ।

“पुर्वराष्ट्रपति रोबर्ट मुगाबेको सत्तालाई नियन्त्रणमा लिने सेनाको कदम संबैधानिक नै छ,” अदालतलाई उद्धृत गर्दै सरकारी संचार माध्यमहरुले समाचार संप्रेषण गरेका छन् ।

जिम्बाबेका धेरै जनताले पनि सेनाको कदम सही भएको भन्दै देशभरी सुखीयाली मनाएका थिए ।

जिम्बाबेको सेनाले यही नोभेम्बर १५ तारिखका दिन ९३ बर्षीय तत्कालिन राष्ट्रपति मुगाबेलाई नियन्त्रणमा लिएर मंगलबार राजीनामा गर्न बाध्य पारेको थियो ।

मुगाबेको राजीनामासँगै जिम्बाबेमा मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको छ भने नयाँ राष्ट्रपतिको रुपमा अर्का नेता मनाङ्गाग्वाले जिम्मेबारी सम्हालेका छन् ।

उनले गत शुक्रबार मात्रै जिम्बाब्वेको नयाँ राष्ट्रपतिका रूपमा शपथ लिएका छन् भने जिम्बाबेमा नयाँ युगको सुरुवात भएको धेरैले बताएका छन् ।

(Visited 15 times, 1 visits today)

टिप्पणी

comments