Main Menu

नदी बगरमा बालुवा चाल्नेहरु भन्छन् : पीडा बुझेर समाधान गर्नेलाई मतदान गर्छौं

 

मंसिर ३, कञ्चनपुर

vote-candidate-with-restoration-planकञ्चनपुरको भीमदत्तनगरपालिका–११ भुजेलाका कुले विकले महाकाली नदीको बगरमा बालुवा चाल्दै आएको २ दशक बितेको छ । १० वर्षको उमेर छँदादेखि नै अभिभावकसँगै बालुवा चालेर बिक्री गरेर आएको पैसाले घर खर्च चलाउँदै आएका उनि पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्न निकै हौसिनु भएको छ ।

महाकाली नदीको बाढीले घरबारविहीन बनाइएका परिवारको पुनः स्थापन गर्ने उम्मेदवारलाई उनले मतदान गर्ने सोच बनाएका छन् । बालुवा चालेर जीविका धान्दै आए पनि कसैले अहिलेसम्म हाम्रा पीडा बारे बुझेका छैनन् उनले भने, “घरबासका लागि जग्गा, रोजगारीको उचित व्यवस्था र स्वास्थ्योपचारको व्यवस्था गर्न उत्सुक देखिएका उम्मेदवारलाई मतदान गर्छु ।”

आधा उमेर नदीको बगरमै बित्यो, आर्थिक अवस्था कमजोर हुँदा बगरको बालुवालाई कमाउने साधन बनाउनु पर्यो उनले भने, “हामीले त दुःख काट्यौँ, काट्याैँ पछिका सन्ततीले दुःख काट्न नपरोस् भन्ने सोचेका थियौँ तर घरको चुलो नै नबल्ने भएपछि आफूसँग बालुवा चाल्ने काममा लगाउनु परेको छ ।” विद्यालय पढ्दै आएका बालबालिकालाई बालुवा चाल्न लगाउने कार्य रहर नभएर बाध्यता हो उहाँसँगै नदीकै बगरमा बालुवा चाल्दै आउनुभएकी पुनम सुनारले भनिन्, “घरको आर्थिक अवस्थाले बालुवा चाल्न बाध्य बनाएको छ ।”

“व्यवसाय गर्नका लागि पैसा छैन जसले बालुवा चाल्नेहरुको समस्या समाधान गर्ने योजनासहित मत माग्न आउँछ उसैलाई हाम्रो भोट जान्छ”, उनले भनिन् । “नदीमा बाढी आएका बेला पीडामा मलम लगाउन धेरै आउने गरे पनि नदी नियन्त्रण गर्न र घरबासविहीन भएका परिवारको सोधीखोजी गर्न र पुनः स्थापनका कार्यअगाडि बढाउन कोही आउँदैनन् ।” उनले भनिन् ।

महाकाली नदीको बगरमा बालुवा चाल्ने ६० जना परिवार हिउँदमा नदीकै बगरमा झुपडी बनाई बस्दै आएका छन् । बर्सात शुरु हुनुअगावै सबैजना नदीको बाढी नलाग्ने ठाउँमा झुपडी बनाई बस्ने गरेका छन् । बालुवा चालेर रु .५०० देखि रु. १ हजारसम्म एक परिवारले कमाउने गर्दछन् । बालुवा बिक्री नभएका बेला कति दिन भोकै बस्नु परेको पीडा धेरैको छ ।

(Visited 21 times, 1 visits today)

टिप्पणी

comments