Main Menu

भेनेजुयलाको सरकार र विपक्षी पार्टीको वार्ता बिफल, छलफल भने जारी रहने

मंसिर १़९, काराकस

डोमिनिया रिपब्लिकका राष्ट्रपति डोनिलो मेडिना

भेनेजुयलाको सरकार र विपक्षी पार्टी सहमतिमा पुग्न असफल भएका छन् ।
शुक्रबार र शनिबार गरी दुई दिनसम्म बिभिन्न चरणमा भएको छलफलबाट पनि सहमति नजुटेपछि बैठक त्यत्तिकै सकिएको छ ।

अहिले विषयगत रुपमा सहमति नजुटेपछि दुई पक्षीय छलफललाई भने जारी राख्ने सहमति भएको वार्तामा सहभागीहरूले बताएका छन् ।

दुवै पक्षलाई एकै ठाँउमा वार्तामा बसाल्नु भएका डोमिनिया रिपब्लिकका राष्ट्रपति डोनिलो मेडिनाले कुनै निष्कर्ष विना बैठक सम्पन्न भएको जानकारी दिए ।

उनले उनीहरुको अर्को बैठक यही डिसेम्बर १५ तारिखका दिन गर्ने तय भएको पनि बताए ।

“वार्ताका लागि हामीले यही डिसेम्बर १५ का दिन अर्को नयाँ बैठक गर्ने तय गरेका छौं, बैठक सान्तो डोमिङगोमा हुने भएको छ, त्यो बैठकबाट अन्तिम सम्झौतामा पुग्ने अपेक्षा गरिएको छ ।” मेडिनाले पत्रकारहरूसँग भने।
उनले सहमति गरेर अगाडि बढ्नका लागि दुवै पक्षबाट सकारात्मक र महत्वपूर्ण प्रगति भएको पनि बताए ।

सन् १०१३ मा राष्ट्रपति निकोलस मदुरोले प्रमुख विपक्षी पार्टीलाई पराजित गरेदेखि सरकार र प्रतिपक्षी पार्टीका बीच भेनेजुयलामा शक्ति संघर्ष चलिरहेको छ ।

दुई पक्षबीचको संघर्षका कारण भेनेजुयलामा राजनीतिक गतिरोध उत्पन्न भएको छ भने आर्थिक संकट गहिरिँदै गएको छ ।

सिन्ह्वा/रासस

(Visited 4 times, 1 visits today)

टिप्पणी

comments