Main Menu

पेरिस जलवायु सम्झौता २०१५ बाट अमेरिका पछि हट्यो

us-withdraw-paris-accord-trumpजेष्ठ १९, वाशिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ को पेरिस जलवायु सम्झौताबाट अमेरिका पछि हटेको घोषणा गरेका छन् ।

ट्रम्पले अमेरिकी व्यसाय तथा कामदारहरुलाई बेफाइदा नहुने ‘निष्पक्ष’ सम्झौताको लागि पहल गरिने जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रपति निर्वाचन अभियानमै आफ्नो राष्ट्रको तेल तथा कोइला उद्योगलाई सहयोग पुग्ने कदम चाल्ने वाचा गरेका थिए ।

के भने ट्रम्पले ?

ह्वाइट हाउस रोज गार्डेनमा गरिएको सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले पेरिस सम्झौताको नियत अमेरिकालाई बेफाइदा पुग्ने र अमेरिकालाई गरिब बनाउने भएको बताए । पेरिस सम्झौताले अमेरिकालाई कुल ग्रहास्र्थ उत्पादनमा ३० खर्ब डलर घाटा लाग्ने र ६५ लाख अमेरिकीहरुको जागिर खोसिने ट्रम्पले दाबी गरे । त्यति मात्र होइन, अमेरिकालाई घाटा हुनुका अलावा पेरिस सम्झौताले चीन र भारत जस्ता आर्थिक प्रतिद्वन्द्वीलाई फाइदा पुग्ने बताए ।

‘अमेरिका र अमेरिकी नागरिकहरुको सुरक्षा गर्ने मेरो सत्यनिष्ठ कर्तव्यलाई पूरा गर्नका लागि संयुक्त राष्ट्र अमेरिकाले पेरिस जलवायु सम्झौताबाट नाम फिर्ता लिएको घोषणा गर्दछु ।’ ट्रम्पले भने ।

पेरिस सम्झौता २०१५ मा अमेरिकालगायत १८७ राष्ट्रहरुले औद्योगिकरणपश्चात बढ्न थालेको पृथ्वीको औसत तापक्रमलाई २ डिग्रीभन्दा कममा सीमित राख्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । सिरिया र निकारागुवाले मात्र उक्त सम्झौतामा हस्ताक्षर गरेका थिएनन् ।

बीबीसी

(Visited 37 times, 1 visits today)

टिप्पणी

comments