Main Menu

वाम गठबन्धनका दुबै घटकले छान्यो समानुपातिक प्रदेशसभा सदस्य

पुस १४, काठमाडौँ

uml-maoist-confirm-proportionate-membersवाम गठबन्धनका दुई घटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीवार बसेको एमाले स्थायी कमिटीको बैठले सात वटै प्रदेशमा गरी ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालले प्रदेश नं. १ मा १५, प्रदेश नं. २ मा ७, प्रदेश नं. ३ मा १६, प्रदेश नं. ४ मा १०, प्रदेश नं. ५ मा १३, प्रदेश नं. ६ मा ६ र प्रदेश नं. ७ मा ८ प्रदेशसभा सदस्यको सिट पाएको थियो ।

यता नेकपा (माओवादी केन्द्र) ले पनि समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहीवार दिउँसो बसेको पार्टीको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको हो । टुङ्गोे लगाइएको नामावली शुक्रबार निर्वाचन आयोगमा पठाउने तयारी गरिएको पार्टी प्रवक्ता पम्पा भूषालले जानकारी दिइन ।

बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको पनि उनले जानकारी दिइन् ।

(Visited 128 times, 1 visits today)

टिप्पणी

comments