Main Menu

दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपति आउने

पुस १३, काठमाडौँ

tu-convocation-day-guest-m-jagadesh-kumarत्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. डा. एम जगदीश कुमारलाई आमन्त्रण गरिएको छ । उपकुलपति कुमार शुक्रबार नेपाल आउने कार्यक्रम छ ।

त्रिविको दीक्षान्त समारोहमा विदेशस्थित विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व प्रमुख अतिथि हुने परम्परा छ । 

ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी सम्पूर्ण रुपमा पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । 

समारोहमा विद्यावारिधितर्फ ६२ विद्यार्थीसहित कूल ८ हजार २६७ विद्यार्थी दीक्षित हुने भएका छन् । यस्तै करिब ३ हजार अभिभावक र १ हजार २०० कर्मचारी पनि समारोहमा सहभागी हुने सहनियन्त्रक अधिकारीले बताए । 

समारोहमा र विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने ३१ विद्यार्थी पुरस्कृत हुने उनले जानकारी दिए । 

(Visited 23 times, 1 visits today)

टिप्पणी

comments