Main Menu

भेनेजुयली प्रहरी सरकारबिरोधी आतंककारी पक्राउ गर्न सफल

माघ २, काराकास, भेनेजुयला

अातङ्ककारीका नाइके ओस्कार पेरेज ।

दक्षिण अमेरिकी देश भेनेजुयलाको प्रहरीले अमेरिकी गुप्तचरद्वारा सञ्चालित भनी विश्वास गरिएका हेलिकोप्टर पाइलट ओस्कार पेरेजका सहयोगी पाँच आतङ्ककारीहरुलाई पक्राउ गर्न सफलता प्राप्त गरेको बिबिसिले जनाएको छ । पाइलट पेरेज भेनेजुयलाको समाजवादबिरोधी अमेरिका समर्थित विपक्षीहरुले गत वर्ष चलाएको सडक आन्दोलनको समयमा भेनेजुयली सर्वोच्च अदालतमा हेलिकोप्टर आक्रमण गर्ने आतङ्ककारी रहेको भेनेजुयली सरकारले बताउँदै आएको छ ।

बिबिसिले जनाए अनुसार भेनेजुयली प्रहरीले राजधानी काराकासनजिक रहेको शहर एल जुन्क्वीटोमा रहेको एक घरलाई पेरेज नेतृत्वको आतङ्ककारी समूहको अड्डा भएको थाहा पाएपछि त्यसलाई घेरा हालेको थियो । प्रहरीले त्यहाँबाट पाँचजनालाई गिरफ्तार गरिएको छ । उनीहरु पाइलट पेरेजको टोलीमा रहेका आतङ्ककारीहरु नै भएको प्रहरीको विश्वास रहेको छ । गोली हानाहानको बीचमा पक्राउ गरिएका पाँचजनामा पाइलट पेरेज नपरेको र उनको स्थिति अझै अज्ञात रहेको समाचारमा उल्लेख छ ।

भेनेजुयली एक प्रतिष्ठित सरकारी अधिकृत डिओस्डाडो क्याबेल्लोले प्रहरीले पाइलट पेरेज र अन्य आतङ्कारीहरु लुकेर बसेको घरलाई घेरा हालेपछि सुरुमा स्वयं पाइलट पेरेजले नै प्रहरीहरुतर्फ गोली चलाएको ट्वीट गरेका छन् ।
पाइलट पेरेजलाई गत २०१७ जुन २७ गते चोरेर लगेको हेलिकोप्टर प्रयोग गरी उसले सरकारी भवनहरुमाथि ग्रिनेड आक्रमण गरेपछि भेनेजुयली प्रहरीले सर्वाधिक खोजीको सूचिमा राखी पक्राउको प्रयास गर्दै आएको हो ।
पाइलट पेरेज अमेरिकी सरकार त्यसमाथि पनि अमेरिकी गुप्तचर संस्था सिआइएले भेनेजुयली समाजवादी सरकारलाई अपदस्थ गर्न प्रयोग गर्दै आएका बिदेश् िएजेन्ट भएको आरोप लगाउँद आएको छ ।

(Visited 29 times, 1 visits today)

टिप्पणी

comments