Main Menu

एकिकृत अखिल नेपाल शिक्षक संगठनकाे चाैथाे जिल्ला अधिवेशन सम्पन्न

१३ पुस, प्युठान

एकिकृत अखिल नेपाल शिक्षक संगठनकाे चाैथाे जिल्ला अधिवेशन मंगलबार प्युठान नगरपालिका वडा नं. ४ विजुवार कालिका हलमा सम्पन्न भएकाे छ ।

कार्यक्रकका प्रमुख अथिति माअाेवादी केन्द्रका सचिवालय सदस्य तथा ५ नम्वर प्रदेशका प्रदेश सभा सदस्य कुल प्रसाद केसीले शैक्षिक स्तर उठाउन शिक्षक र विद्यार्थीलाई हाेस्टेलमा राखेर भए पनि शैक्षिक उपलब्धि उठाउनु पर्ने अवस्था देखिएकाे छ भन्दै शिक्षा क्षेत्रकाे याे अवस्थालाई सुधार्न शिक्षकहरू पूर्ण रूपमा लाग्नु पर्ने बाध्यता रहेका बताए ।

प्रमुख अतिथि केसीले देशमा राजनीतिक समस्या पूर्ण रूपले अन्त्य भइसकेकाे बताउँदै अब देशमा अार्थिक र शैक्षिक स्तरमा व्यापक परिवर्तन ल्याउने काम वाम शक्तिले गर्न सक्ने धारणा राखे ।

नेपाली जनताले वाम शत्तिलाई म्यान्डेट दिएकाे स्मरहण गराउँदै उनले जननिर्वाचित प्रतिनिधिहरूले त्याे म्यान्डेटलाई पूरा गर्ने उद्देश्य राखेको बताए । शिक्षा क्षेत्रमा परिवर्तन गर्न आफूले जुनसुकै कडा नियम बनाउन तयार रहेकाे बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष वसन्त बहादुर अधिकारीले शिक्षकहरूकाे हक अधिकारकाे लागि अहाेरात्र खटेर लागेकै कारणले सरकारलाई शिक्षा ऐन नवौँ संशाेधन गर्न लगाई शिक्षकहरूकाे केही न केही माग सम्बाेधन गर्ने वातारण सिर्जना गरेका बताए । केन्द्रीय शिक्षा नीतिलाई स्थानिय तहसम्म ल्याउने काम गरेकाे कुरा स्मरण गराउँदै उनले स्थानिय तह अन्तर्गकाे शिक्षा नीति बनाउँदा शिक्षकहरूले ख्याल गर्न अाग्रह गरे ।

कार्यक्रमका विशेष अतिथि प्युठान नगरकालिका प्रमुख अर्जुन कुमार कक्षपतीले शिक्षामा गरेकाे लगानी अाजकाे भाेलि प्राप्त नहुने बताउँदै अहिले बनाएकाे असल नीतिकाे प्रतिफलले समाजमा ५/१० वर्ष पछि परिवर्तन हुने निश्चित रहेकाे बताए ।

जिल्ला शिक्षा कार्यलय प्युठान बसेर २३ वर्ष सेवा गरेकाे स्मरण गराउदै उनले भने, “शिक्षा क्षेत्रमा व्यापक परिवर्तन नगरेसम्म समाज रूपान्तरण नहुने भएकाेले शिक्षक र जनप्रतिनिहरूकाे मुख्य काम जसरी भएपनि शैक्षिक गुणस्तर उठाउनु हाे ।”

स्थानिय शिक्षा नीति निमार्ण गर्दा शिक्षकहरूकाे पूर्ण सहयाेगकाे अपेक्षा राखेकाे बताउँदै नगर प्रमुख कक्षपतीले प्युठान जिल्लाकाे शैक्षिक स्तर उठाउन सबैकाे साथ र सहयाेगमा नमुना जिल्ला बनाउन सकिने धारणा राखे ।

कार्यक्रमका विशेष अतिथि जिल्ला शिक्षा अधिकारी सुर्य प्रसाद भुसालले शिक्षाकाे व्यवस्थापकिय कार्य अब सबै स्थानिय तहमा गएकाे बताउँदै भने, “राष्ट्रिय, प्रदेश, स्थानीय तहकाे शिक्षा नीतिले श‌ैक्षिक गुणस्तरमा वृद्धि गर्ने उदेश्य राख्ने छन् । त्यसकारण शिक्षकहरूकाे पेशागत हकहितकाे लागि शिक्षकहरू टेड युनियनमा रहनु पर्दछ ।”

अधिवेशनले पूर्व अध्यक्ष कृष्ण घिमिरे, देवी प्रसाद अधिकारी, हिम बहादुर केसी लगाएतका अग्रज शिक्षकहरूलाई सम्मानित गरेकाे थियाे ।

उक्त कार्यक्रममा विद्यार्थी संगठन केन्द्रीय सदस्य सुमन श्रेष्ठ, वाईसियल जिल्ला अध्यक्ष टेक वहादुर भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शंकर थापा, शिक्षक संघका अध्यक्ष सावित्रा अधिकारी,अखिल नेपाल शिक्षक संघका जिल्ला सचिव डम्वरसिंह जिसी,नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य शिवराज पण्डित, शिक्षक महासंघका अध्यक्ष शेर वहादुर केसी, जिल्ला सवन्यय समितिका उपप्रमुख पदम बहादुर थापा, माअाेवादी केन्द्रका जिल्ला सह संयाेजक कृष्ण अधिकारी (प्रकाश) ले मन्तव्य राखेका थिए ।

काेषाध्यक्ष तेज पिएमले अार्थिक प्रतिवेदन र अध्यक्ष कमल जिसीले प्रगति प्रतिवेदन प्रस्तृत गरेकाे थिए  ।

(Visited 14 times, 1 visits today)

टिप्पणी

comments