Main Menu

ताजकिस्तानसित नेपाल पराजित

tajikistan-defeats-nepalभदौ २०, काठमाडौँ । एएफसी एसियन कप २०१९ छनौटअन्तर्गत ग्रुप एफको आजको खेलमा नेपाल ताजकिस्तानसित पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज अपरान्ह भएको खेलमा ताजकिस्तानले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २६ औँ मिनेटमा उमरबोएभको कर्नर किकमा जालिलोभ मनुचेरले गोल गरी ताजकिस्तानलाई १–० को अग्रता दिलाएका थिए ।

त्यसको ४ मिनेट नबित्दै ३० औँ मिनेटमा काउन्टर मुभमा भासिएभले अर्को गोल गर्दै पहिलो हाफभित्रै गोलअन्तर दोब्बर पारेका थिए ।

२–० ले पछि परेको नेपालले दोस्रो हाफमा खेल नियन्त्रणमा लिएपनि पर्याप्त मौकाहरु सिर्जना गर्न सकेन ।

६१ औँ मिनेटमा स्ट्राइकर विमल घर्ती मगरले गोल गरी खेललाई २–१ मा ल्याइपु¥याए । तर बाँकी समयमा कुनै गोल हुन नसकेपछि नेपाल २–१ ले पराजित भयो ।

यससँगै नेपाल ३ खेलबाट १ अंकका साथ समूह एफको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

(Visited 16 times, 1 visits today)

टिप्पणी

comments