Main Menu

सिड्नीमा ७९ वर्षपछि सबैभन्दा गर्मी, तापक्रम ४७.३ डिग्री पुग्यो

पुस २३, सिड्नी

sydney-temperature-highest-79-yearsअष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा ७९ वर्षपछि सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । त्यहाँको तापक्रम आज दिउँसो ४७.३ डिग्री पुगेको अधिकारीहरुले जनाएका छन् ।

सन् १९३९ मा सिड्नीको तापक्रम ४७.८ डिग्री पुगेयता यो सबैभन्दा बढी तापक्रम हो । सिड्नीको उत्तरतिर अवस्थित पेन्रिथमा आज दिउँसो सो तापक्रम मापन गरिएको ब्युरो अफ मिटियोरोलोजी, न्यू साउथ वेल्सले जनाएको हो ।

सिड्नीमा जारी एशेज टेस्टको फाइनल खेलमा इंग्ल्याण्डले ब्याटिङ्ग गरिरहँदा बिहान १० बजेको समयमा तापक्रम ४० डिग्री नाघेपछि आयोजकले खेललाई केही समय स्थगित गर्नुपरेको थियो ।

(Visited 24 times, 1 visits today)

टिप्पणी

comments