Main Menu

सुकीको निवासमा बम आक्रमण

माघ १८, याङ्गुन

suu-kyi-home-bomb-thrown

म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको छ ।

सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ । बम हमलाबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ । प्राप्त समाचारका अनुसार सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।

राज्य परिषदका महानिर्देशक उ जवा हतीले भने, “उहाँको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो । तर समयमै आगो निभाएकोले क्षति हुन पाएन ।”

आक्रमणकारीहरुको खोजी जारी रहेको हतीले बताए । “बिहीबार बिहान सबेरै भएको सो आक्रमणका दोषीहरुको खोजीकार्य सुरु भएको छ र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ,” उनले भने ।

विदेशमन्त्री सुकी हाल नेपितवमा रहेको बेला उनको निवासमा बम आक्रमण भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही आएको छैन । साथै बम के कति मात्रामा शक्तिशाली हो र त्यसमा कति जनाको संलग्नता हुनसक्छ भन्ने बारेमा पनि म्यानमारको सुरक्षा प्रमुखका तर्फबाट केही सूचना प्राप्त भएको छैन ।

पछिल्लो समयमा यहाँका रोहिन्ज्या समुदायका नागरिकमाथि म्यानमारको सैनिक ज्यादति बढेको भनी भागेर बङ्गलादेशमा शरणार्थीका रुपमा पुगेपछि म्यानमारको सरकार र विशेषगरी सुकीमाथि ठूलो दबाब परेको छ ।

नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्तिले देशको शासनको बागडोर सम्हालेको बेला देशभित्रैका नागरिक यसरी लखेटिएर शरणार्थीको रुपमा विदेशिनुपरेको भन्दै उनको नै बढी आलोचना भएको थियो ।

(Visited 37 times, 1 visits today)

टिप्पणी

comments