Main Menu

‘भूत आयो’ भनेर विद्यार्थी बेहोस हुन थाल्दा दैनिक पढाइ प्रभावित

पुस ३०, जाजरकोट

यहाँको भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका विद्यार्थी दैनिक बेहोस हुँदा पढाइ प्रभावित भएको छ ।

विद्यालयमा पठनपाठन भइरहेका बेला दैनिक ६ देखि १० जनासम्म विद्यार्थी बेहोस हुँदा समस्या भएको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए । प्रअ शाहीका अनुसार भूत आयो भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन्  ।

एक हप्तादेखि दैनिक बिरामी हुँदा कक्षामा पढ्दापढ्दै एक्कासि भूत आयो भनेर चिच्याउने र अचेत हुने गरेको शाहीले बताए । अर्धचेत भएकाको बहुलाउने, चिथोर्ने, कराउने, हातखुट्टा लुलो हुनेलगायत लक्षण देखा परेको उनको भनाइ छ । बेहोसलाई एकान्तमा राखेको १ देखि २ घण्टापछि सामान्य अवस्थामा आउने शाहीले बताए ।

घरमा केही नहुने तर विद्यालय पुग्नासाथ बेहोस हुने गरेको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर कार्कीले बताए ।

दैनिक विद्यार्थी बेहोस हुने समस्या बढ्दै गएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर परीक्षण गराएको प्रअ शाहीले बताए ।

(Visited 10 times, 1 visits today)

टिप्पणी

comments