Main Menu

क्रान्तिकारीले विद्यार्थीको गुनासो सम्बोधन गर्न हेल्पडेक्स

 

student-help-desk-akhil-revolutionaryभदौ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारीले) विद्यार्थीको गुनासा सम्बोधन गर्न ‘हेल्प डेक्स’ संचालनमा ल्याएको छ ।

उपत्यका बाहिरबाट आएका विद्यार्थीलाई शैक्षिक समस्या समाधान गर्ने अभिप्रायले हेल्प डेक्स स्थापना गरिएको क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले जानकारी दिए । हेल्प डेक्समा विद्यार्थीले फोनमार्फत आफ्ना गुनासा राख्नेछन् र ती गुनासोलाई क्रान्तिकारीका उपमहासचिव निलम एनसी र सचिव डिवि साउदले सम्बोधन गर्नेछन् ।

क्रान्तिकारीको केन्द्रीय कार्यालयमा हेल्प डेक्स सञ्चालन गरिएको छ । ०१–४२४३१०८ नं मा फोन गरी विद्यार्थीले आफूलाई पढाइको बारेमा परेको गुनासो राख्न सक्नेछन् । विद्यार्थीले कुन विषय कहाँ, के पढ्ने, कति खर्च लाग्छ, छात्रवृत्ति कसरी प्राप्त गर्ने जस्ता गुनासोको सम्बोधन हुनेछ ।

सचिव साउदले दैनिक अहिले २० जना कार्यालयमा र ५० भन्दा बढी फोन आउने गरेको बताए । उनका अनुसार धेरै जसो दश जोड दुई र स्नातक तहका विद्यार्थीले कुन विषय कहाँ पढ्दा राम्रो हुन्छ र छात्रवृत्ति कसरी प्राप्त गर्न सकिन्छ भनेर जिज्ञाशा राख्ने गरेका छन् ।

(Visited 4 times, 1 visits today)

टिप्पणी

comments