Main Menu

उत्तरको छिमेकलाई ओलम्पिकमा भाग लिन सहयोग गर्न दक्षिण कोरिया तयार

पुस १८, सोल, दक्षिण कोरिया

south-help-north-korean-athletesदक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले उत्तर कोरियाका खेलाडीहरुलाई २०१८ को हिउँदे ओलम्पिकमा भाग लिन सहयोग गर्नको लागि तत्काल कदम चाल्न निर्देशन दिएका छन् ।

नयाँ वर्षको अवसरमा उत्तर कोरियाका राष्ट्रपति किम जोङ-उनले आउँदो फेब्रुअरीमा हुने हिउँदे ओलम्पिकमा भाग लिनको लागि एक टोली दक्षिण कोरियाको प्योङच्याङमा पठाउनसक्ने बताएका थिए ।

किमले यसको लागि दुई पक्षले ‘चाँडोभन्दा चाँडो वार्ता’ गर्नुपर्ने बताएका थिए ।

राष्ट्रपति मूनले किमको यो प्रस्तावलाई दुई देशबीच बढ्दै गएको तनावलाई सुधार्नको लागि राम्रो अवसर हुने बताए ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा मूनले ओलम्पिक खेललाई शान्तितर्फको पाइलाको लागि ‘अभूतपूर्व मौका’को रुपमा प्रयोग गर्ने बताए ।

उनले दुबै देशका सम्बन्धित मन्त्रालयहरुले ‘उत्तर-दक्षिणबीचको वार्ता गराउन आवश्यक कदम चाँडोभन्दा चाँडो चाल्न’ र उत्तर कोरियाली टोलीको ओलम्पिक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।

यद्यपि, उत्तर कोरियाको आणविक हतियार निर्माण गर्ने कार्यलाई रोक्न आफ्ना अन्तर्राष्ट्रिय मित्रराष्ट्रहरुसित सहकार्य भने जारी रहने दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाली सरकारले उत्तर कोरियासितको वार्ता जनवरी ९ मा गर्न सकिने प्रस्ताव गरेको छ ।

बिबिसी

(Visited 17 times, 1 visits today)

टिप्पणी

comments