Main Menu

नैकाप गोल्डकपको दोस्रो संस्करणको उद्घाटन


second-naikap-gold-cup-startedभदौ २६, काठमाडौँ । नैकाप गोल्डकपको दोस्रो संस्करणको उद्घाटन आज सोमबार  चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरिको प्रमुख आतित्थ्यमा नैकाप फुटबल मैदानमा भएको छ । उद्घाटन खेलमा च. न. पा १५ ढुंगेअड्डा युनेश्कोले प्रयासरत नेपाल नैकाप माथि  ५-१ को फराकिलो जीत दर्ता गर्न सफल भएको छ । 

खेलमा ढुंगेअड्डा युनेश्कोको तर्फबाट  समीर कार्की र रुजित पुडासैनी ले २-२ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच ढुंगेअड्डा युनेश्कोका सुजित बुडाथोकी भए जसले १ गोल थप्दै आफ्नो टिमलाइ ५-१ को फराकिलो जित दिलाउन सफल भए ।  प्रयासरत नेपालका तर्फ बाट एक मात्र सान्त्वना गोल सिद्दार्थ कार्की ले गरे ।

नैकाप गोल्डकपको भोलि ३ खेल हुनेछन् ।  कार्की युथ क्लब नैकाप र समाज सुधार क्लब चेकपोष्ट बीच बिहान ८ बजे, दिपशिखा युवा समूह, पुरानो नैकाप र नैकाप युवा समूह बीच दिउँसो १ बजेको र अन्तिम खेल ३ बजे कालिका ब्याटमिनटन क्लब, नैकाप र जीनिएस आइ. टी. सोलुसन, पुतलीसडक बीच हुनेछ ।

३२ टोलि सहभागी रहेको  प्रतियोगिताको समापन खेल असोज ११ गते फूलपातीका दिन हुनेछ ।

(Visited 50 times, 1 visits today)

टिप्पणी

comments