Main Menu

सल्यानमा बस दुर्घटना, ३ को मृत्यु

माघ ८, सल्यान

 

salyan-bus-accident

बस दुर्घटना हुँदा आज यहाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

रुकुमबाट दाङ घोराहीका लागि छुटेको कालिकामालिका यातायात प्रा.लि.को ना५ख ५३१ नम्बरको बस त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा रुकुम मुसिकोट नगरपालिका–५ की ३४ वर्षीया पुष्पा खड्का केसी, रुकुम प्यौघाका १७ वर्षीय भीमबहादुर खड्का र सल्यान बागचौर नगरपालिका–१० की ७० वर्षीया छन्चरी विक रहेको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनमा परी घाइते भएका १७ जनाको सल्यानको श्रीनगरमा उपचार भइरहेको र सामान्य घाइते भएका ७ जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा रहेको बसको घुम्तीमा स्टेरिङ नकटेपछि बस खोलामा खसेको जनाइएको छ । दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय लुहामबाट आएको प्रहरीको टोली र स्थानीय युवाले उद्धार गरेका थिए । समयमै उद्धार गरिएकाले मानवीय क्षति कम भएको प्रहरीको भनाइ छ ।

(Visited 14 times, 1 visits today)

टिप्पणी

comments