Main Menu

लाहानमा पनि बन्ने भयो चक्रपथ, २ महिनाभित्र प्रतिवेदन

 

असोज ११, लहान

ring-road-lahanलहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनी साहले पुरानो र जिल्लाकै ठूलो नगरपालिकाका रुपमा रहेको लहान नगर क्षेत्रमा चक्रपथ निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कर्मचारीलाई मंगलबार साँझ निर्देशन दिँदै प्रमुख साहले लहान नगरपालिकाको ग्रामीण क्षेत्रका जनतालाई समेत नगरको अनुभूति हुनेगरी दुई महिनाभित्र चक्रपथ (रिंगरोड) निर्माणका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए ।

गरिब, दलित महिलालाई प्रसूति भत्ता उपलब्ध गराउन, प्रत्येक वडामा सरसफाइको व्यवस्था द्रूतगतिमा गर्न, विजयादशमीको शुभकामना कार्यक्रमको आयोजना गर्ने लगायतका पाँचबुँदे निर्देशन दिँदै प्रमुख साहले सबै पक्षसँग सहमति, सहकार्य गरी लहान नगरपालिकालाई २ नं प्रदेशकै नमूना नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इमान्दारीपूर्वक काम गर्ने कर्मचारीलाई प्रोत्साहन तथा नगर्नेलाई कार्वाही हुने बताउँदै उनले नगरक्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्नसमेत निर्देशन दिए ।

सो अवसरमा लहान नगरपालिकाका नवनिर्वाचित उपप्रमुख सरियार चौधरी, २५ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यको समेत उपस्थिति रहेको थियो ।

(Visited 22 times, 1 visits today)

टिप्पणी

comments