Main Menu

क्रियापुत्रले मतदान गरे

 मंसिर २१, प्यूठान
प्यूठान नगरपालिका वडा न. १० खरिवाेट केन्द्रमा मरन्ठाना धरमपानी निवासी क्रियापुत्र थानेश्वर खड्का, धनराज खड्का, दिलिप खड्का र गिरीराज खड्काले विहान आज बिहान ९:१५ वजे मतदान गरेका छन् । बुवा वितेकाे ९ दिनका दिन घरबाट झण्डै डेढ किलाेमिटर टाढा रहेकाे मतदान केन्द्र पुगेर खड्का परिवारले मतदान गरेका हुन् ।

अशक्त व्याक्तिहरूलाई छिट्टाे र सरल ढङ्गवाट मतदान गर्ने व्यवस्था मिलाएकाे निर्वाचन अधिकृत विसाल सुवेदीले वताएका छन् । उनका अनुसार जम्मा मतदाता ८ सय ९४ रहेकाे केन्द्रमा विहान १०:३० वजेसम्म महिला ९३ र पुरूप ७७ जना गरी १ सय ७० जनाले मतदान गरेका छन् । मतदान स्थलमा शान्ति सुरक्षा र सरल रूपमा व्यवस्था मिलाई मतदातालाई भए रहित वातारणमा मतदान गर्ने व्यवस्था मिलाएकाे सुवेदीले जानकारी गराए । उनले मतदानमा मतदाताहरूकाे उत्साजनक उपस्थिति रहेकाे वताए । अबकाे २ /३ घण्टापछि धेरै मतदाताहरूले मतदान गरिसक्ने अनुमान गरिएकाे छ ।

(Visited 12 times, 1 visits today)

टिप्पणी

comments