Main Menu

प्युठान नगरपालिकाकाे नीति तथा कार्यक्रम पारित

  • रमेश गिरी

pyuthan-policy-programmesभदौ २, प्युठान । प्युठान नगरपालिकाकाे बिहीबार बसेको प्रथम नगर सभाले नगरपालिकाको ३७ बुँदे नीति तथा कार्यक्रम पारित गरेको छ ।

सभामा नगर प्रमुख अर्जुन कुमार कक्षपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, संचार यातायात, खानेपानी, विद्युत लगायतका विकासका पूर्वाधारहरूकाे अधिकतम उपयाेग गरी नगरवासीलाई सुविधा प्रदान गर्ने कुरामा जाेड दिइएको छ ।

नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमका प्रमुख बुँदाहरु यसप्रकार छन् –

१. एक गाउँ एक नमुना उद्याेग, एक घर एक राेजगारकाे नीतिलाई अवलम्वन गरिएकाे छ।
२. निमार्ण भएका र निमार्ण हुँदै गरेका सडकलाई बाह्र महिना सवारी साधन चल्ने गरी व्यवस्था मिलाइनेछ ।
३. एक घर एक धाराकाे नीतिलाई क्रमशः लागु गरिनेछ ।
४. एक गाउँ एक प्राविधिक कार्यक्रमलाई प्रभावकारी रूपमा लागु गरिनेछ ।
५. साैर्य सडक बत्तीकाे कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
६. सामाजिक सुरक्षा भत्ताकाे रकम बैंकका माध्यमबाट लाभग्राहीकाे घरदैलाेमा पुर्याइनेछ ।
७. बालमैत्री नगरपालिका घाेषणा गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
८. शिशुस्याहार केन्द्र निर्माणकाे कार्यलाई अगाडि बढाइनेछ।
९. दलितमाथि हुने सबै प्रकारका भेदभावहरू हटाइनेछन् ।
१०. नगर भित्रकाे वनलाई कडाइपूर्वक संरक्षण गरिनेछ ।
११. युवा लक्षित खेलकुद कार्यक्रमलाई जाेड दिइनेछ ।
१२. लाेक सेवा अायाेग तथा अन्य सेवा अायाेगका कक्षाहरू संञ्चालन गरिनेछन् ।
१३. फुल तथा मासुमा अात्मनिर्भर हुने कार्यक्रम सञ्चालन गरिनेछ ।
१४. कृषककाे लागि उन्नत बीउ, मलखाद, कृषि प्रसार तथा ऋणकाे व्यवस्था मिलाइनेछ ।
१५. सार्वजनिक जग्गा यकिन गरी संरक्षणकाे नीति अवलम्वन गरिनेछ ।
१६. एकीकृत सम्पत्ति करलाई व्यवस्थित बनाई करकाे दायरालाई बढाउन कर शिक्षा अभियानलाई अगाडि बढाइनेछ ।
१७. नगरपालिका भित्र ५० शय्याकाे अस्पताल बनाउन जिल्ला स्वास्थ्य कार्यालय मार्फत् पहलकदम अगाडि बढाइनेछ ।
१८. ६५ बर्ष माथिका जेष्ट नागरिकलाई अाँखाकाे उपचार निःशुल्क गर्ने ब्यवस्था मिलाइनेछ ।
१९. राेजगारमुलक प्राविधिक शिक्षालयहरू स्थापना गर्न विभिन्न निकायहरूसँग पहल गरिनेछ ।
२०. वडा कार्यलयमा सूचना केन्द्रकाे स्थापना गरिनुका साथै वाईफाई जडान गरिनेछ ।

यसैगरी, नगर सभाले नगरपालिकाभित्रका तपशिल बमाेजिमका वडालाई नमुना वडा बनाउने परिकल्पना गरेको छ – 

कुन वडा कुन क्षेत्रमा नमुना ?

वडा नं. १. नमुना बालमैत्री वडा
वडा नं. २. वन तथा वातारण संरक्षण
वडा नं. ३. सहकारी
वडा नं. ४. तरकारी पकेट तथा प्लाष्टिकरहित
वडा नं. ५. बाख्रा पकेट क्षेत्र तथा धुँवारहित
वडा नं. ६. पूर्ण सरसफाई
वडा नं. ७. लैगिंक हिंसारहित
वडा नं. ८. एक घर एक धारा युक्त
वडा नं. ९. नमुना उद्याेग
वडा नं. १०. फलफुल पकेट क्षेत्र
  
उक्त नीति तथा कार्यक्रम नगरसभाले सर्वसम्मत रूपमा पास गरेकाे थियाे ।

(Visited 199 times, 1 visits today)

टिप्पणी

comments