Main Menu

प्यूठानमा पत्रकार अाचारसंहिता जागरण अभियान

कार्तिक १३, प्यूठान

प्रेस काउन्सिल नेपालकाे अायाेजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानकाे संयाेजनमा पत्रकार अाचारसंहिता जागरण अभियानसम्वन्धी अन्तरक्रिया कार्यक्रम आज सूचना केन्द्रकाे सभाहल विजुवारमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाेविन्द अार्चाय, प्रेस काउन्सिलका केन्द्रीय सदस्य संगिता खड्का, ५ नम्वर प्रदेशको तर्फबाट महासंघका निर्वाचित केन्द्रीय सदस्य वसन्त गिरी, धादिङ जिल्लाका अध्यक्ष नवराज छतकलिया , मलेसिया शाखाका संस्थापक अध्यक्ष रमेश तिवारीसहित विभिन्न संघ संगठनका प्रमुखहरु, जिल्लामा क्रियाशील संचारकर्मीहरूकाे उपस्थिति थियाे ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष गाेविन्द अार्चायले अासन्न प्रतिनिधि सभा र  प्रदेश सभाकाे चुनाव सफल बनाउन सबै पत्रकारहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने भनाई राखे । उनले ‘पत्रकारहरूकाे लागि चुनावमा अाचार संहिता लाग्ने तर अघिपछि कम लाग्ने भन्ने हुँदैन । त्यसकारण सधैँभरि अनुसाशित भएर काम गर्नुपर्दछ’ भन्ने सुझाव दिए । त्यस्तै गरी उनले सो अन्तर्क्रिया कार्यक्रममा ‘राष्ट्रिय सवालमा हामी एक भएर अघि बढनु पर्छ, सरकार वा अन्य निकायले नीति नियम अनुसार काम गरे नगरेकाे बुझी नियमसंगत काम गराउने कुरामा पत्रकारहरू लाग्नु पर्दछ’ भन्ने तर्क राखे ।

अन्तर्क्रिया कार्यक्रममा प्रेस काउन्सिलका सदस्य संगिता खड्कालगायत सुशील पाेख्रेल, शिवराज पण्डित, रमेश तिवारी, नवराज छतकलिया, नेत्रमणि अार्चाय, वसन्त गिरी, लगायतले अा-अाफ्नाे भनाई राखेका थिए ।  कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष महाविर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत भाषण उपाध्यक्ष एल. वि थापाले दिएका थिए । त्यस्तै गरी कार्यक्रम सञ्चालन सचिव विजयसिह भारतीले गरेका थिए ।

(Visited 50 times, 1 visits today)

टिप्पणी

comments