Main Menu

नागरिकताविहीनहरुको फोटो प्रदर्शनी

कात्तिक ६, काठमाडौँ

picture-exhibition-people-without-citizenship

नागरिकताबाट वञ्चित नेपालीहरुको कथाव्यथालाई तस्वीरमा उतारिएको छ । यस सम्बन्धी फोटो प्रदर्शनी आजदेखि नेपाल कला परिषद्मा शुरु भएको छ ।

महिला, कानून र विकास मञ्च र नागरिकताबाट प्रभावित व्यक्तिको सञ्जालद्वारा संयुक्तरुपमा आयोजित ‘नागरिकताबाट वञ्चित नेपालीको कथासम्बन्धी फोटो प्रदर्शनी’ को राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरे ।

सो अवसरमा आयोगका अध्यक्ष शर्माले संविधानमा व्यवस्था गरिएका मौलिक हकको प्रावधानलाई ३ वर्षभित्र कानून बनाएर लागू गनुपर्ने व्यवस्था गरिएको बताउँदै संविधान अनुकूल नागरिकतासम्बन्धी ऐन निर्माण गरी लागू गरेपछि नागरिकतासम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

पूर्व प्रधानन्यायाधीश शर्माले सर्वोच्च अदालतबाट आमाको नामबाट नागरिकता दिने नजिर प्रतिपादन गरेता पनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समस्या भएको उल्लेख गरे ।

मञ्चका अध्यक्ष तथा अधिवक्ता मीरा ढुंगानाले नेपालकै नागरिक भएर पनि नागरिकविहीन भएर बस्नुपर्ने नेपालीको पीडा सरकार तथा सरोकारवाला पक्षले बुझ्न आवश्यक भएको बताइन् ।

कार्यक्रममा मञ्चद्वारा प्रकाशित ‘नागरिकताका सम्बन्धमा न्यायालयबाट भएका केही फैसलाको सारसंक्षेप तथा प्रतिपादित नजिर’ नामक पुस्तिका सार्वजनिक गरिएको थियो ।

प्रदर्शनीमा ५५ वटा तस्वीर राखिएका छन् । प्रदर्शनीमा राखिएका तस्वीरमा बाबु भागेका, विदेशी नागरिकसँग विवाह गरेका तर नेपालमा बसेका महिलाबाट जन्मिएका सन्तानले नागरिकता नपाएको अवस्था दर्शाइएको छ । 

(Visited 14 times, 1 visits today)

टिप्पणी

comments