Main Menu

पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्दै

पुस २३, भक्तपुर

party-unification-meeting-tuesdayनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ ।

साँझ सवा ६ बजे ओली निवास पुगेका प्रचण्ड र ओलीबीच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको छ ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुख्य रुपमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनेबारे छलफल भएको बताए । उनले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनैपर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै उनले त्यसका लागि सोमबार आ-आफ्नो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिए ।

अध्यक्ष दाहालले पार्टी एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुर्याउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै काम गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने र केही दिनभित्र पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनेबारे दुई अध्यक्षबीच सहमति भएको जानकारी दिए ।

अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा आज ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाने तय भएपछि त्यसअघि नै समझदारीको प्रयास स्वरुप भेटवार्ता भएको बताइएको छ ।

(Visited 16 times, 1 visits today)

टिप्पणी

comments