Main Menu

‘पार्टी एकता नभए राजीनामा दिन्छु !’

कात्तिक १८, मलेखु (धादिङ)

party-unification-first-priorityक्षेत्र नं २ को प्रदेशसभा (क)का वाम गठबन्धनका उम्मेदवार डा. रामकुमार अधिकारीले वाम तालमेलका कारण आफू उम्मेदवार भएकाले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) पार्टी एकीकरण नभए आफूले चुनाव जितेर राजीनामा दिने बताएका छन् ।

सदरमुकाम धादिङबेंसीमा मार्क्सवाद अध्ययन प्रतिष्ठानले आज आयोजना गरेको कम्युनिष्ट एकता र आसन्न निर्वाचनबारे आयोजना गरिएको विचारगोष्ठीमा डा. अधिकारीले आफू एमाले र माओवादी केन्द्र दुवैको उम्मेदवार भएकाले कहीँ कतैबाट पार्टी एकता नभएमा आफूले जीतेमा प्रदेशसभा सदस्यबाटै राजीनामा दिएर स्वतन्त्र नागरिक भएर बस्ने प्रतिबद्धता व्यक्त गरे ।

एमाले पोलिटब्यूरो सदस्य डा. गंगालाल तुलाधरले समाजवादको बाटोमा पुग्न वाम गठबन्धनको अपरिहार्यता भएको बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले कम्युनिष्ट पार्टी एकताले जनतालाई सकारात्मक सन्देश दिएको बताए ।

(Visited 245 times, 1 visits today)

टिप्पणी

comments