Main Menu

‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष बन्ने पक्का’

पुस ३०, भक्तपुर

oli-pm-prachanda-party-presidentनेकपा(माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले आगामी ५ वर्षसम्म वाम गठबन्धनका दुई संघटक नेकपा (एमाले) र माओवादी केन्द्रका दुई अध्यक्षमध्ये एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा बोल्दै उनले भने, “वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन् । त्यो कार्यकाल ५ वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु ।”

माओवादी नेता महेन्द्रबहादुर शाही ।

कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताए ।

शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने बताए ।

उनले निर्वाचन आयोगले नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको बताउँदै आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानसमेत उल्लंघन भएको टिप्पणी गरे ।

शाहीले ६ नं प्रदेशको मुख्यमन्त्रीका लागि आफू योग्य रहेको र जिम्मेवारी बहन गर्न तयार रहेको बताए ।

“प्रदेश राजधानीका विषयमा ६ नं प्रदेशमा कुनै विवाद छैन । प्रदेशको समग्र विकासका लागि राजनीतिक दलहरु एक जुट हुनुपर्छ”, उनले भने ।

(Visited 63 times, 1 visits today)

टिप्पणी

comments