Main Menu

उत्तर कोरिया आफ्नो पारमाणविक लक्ष्यमा पुग्नेछ–किम जोङ उन

उत्तर कोरियाली नेता किम जोङ उन क्षेप्यास्त्र प्रक्षेपण अवलोकन गर्दै ।

भदौ ३१ । उत्तर कोरियाली राज्य मिडियाका अनुसार नेता किम जोङ उनले मुलुकको पारमाणविक लक्ष्यमा पुगेरै छाड्ने शपथ लिएका छन् ।

नेता उनको भनाइलाई उदृढ गर्दै केसिएनए समाचार संस्थाले ‘अमेरिकी सैनिक बलसँग बराबरीको स्थान हासिल गर्नु नै उनको उद्देश्य रहेको’ जनाएको छ ।

उत्तर कोरियाले जापानमाथिको आकाशमा पछिल्लो छेप्यास्त्र परीक्षण गरेको लगतै नेता किम जोङ उनको सो प्रतिक्रिया आएको छ । त्यस परीक्षणलाई उत्तर कोरियाले मुलुकको सबभन्दा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण भनी ब्याख्या गरेको छ ।

यस गतिविधिले दुई दिनअघि मात्र उत्तर कोरियाबिरुद्ध संयुक्त राष्ट्र संघले लगाएको नयाँ प्रतिबन्धको पछाडि एक भएका विश्वका शक्ति राष्ट्रहरुलाई बिभाजित गरेको छ ।

किम जोङ उन र उत्तर कोरियाली अधिकारीहरु क्षेप्यास्त्र परीक्षण सफलताको उत्सव मनाउँदै ।

केसिएनए समाचार संस्थाले उद्दृढ गरे अनुसार नेता उन भन्छन्, “हामी ठूला शक्ति अहंकारीहरुलाई स्पष्ट रुपमा के देखाइदिन्छौं भने उनीहरुको असिमित प्रतिवन्ध र अवरोधका बावजूद हाम्रो राज्यले कसरी आफ्नो पारमाणविक शक्तिको लक्ष्यलाई पूर्णता प्राप्त गर्दछ ।”

नेता उन यो पनि भन्छन्, उत्तर कोरियाको लक्ष्य “अमेरिकी वास्तविक शक्तिसँग बराबरीको शक्ति स्थापित गर्न र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया)सँग अमेरिकी शासकहरुले सैनिक कार्वाहीको कुरा गर्न नसक्ने बनाउने” थियो ।

नेता किम जोङ उनले शुक्रवार परीक्षण प्रक्षेपण गरिएको ह्वासङ–१२ ब्यालास्टिक क्षेप्यास्त्र दृश्य व्यक्तिगत रुपमा आफैले अवलोकन गरे ।

दक्षिण कोरियाली सेनाले बताए अनुसार उक्त परीक्षण प्रक्षेपित क्षेप्यास्त्रले करिब ७ सय ७० किमि माथिसम्म पुगी ३ हजार ७ सय किलोमिटरको दूरी पार गरेको थियो, जसले समुद्रमा अवतरण गर्नुपूर्व जापानको सुदूर उत्तरको होकाइडो टापूलाई पार गरेको थियो ।

प्रक्षेपित क्षेप्यास्त्रले अमेरिकी टापू गुआमसम्म पुग्ने क्षमता राखेको र यो यसअघिका कुनै पनि उत्तर कोरियाली ब्यालास्टिक क्षेप्यास्त्रले पार गरेको दूरीभन्दा लामो दूरीसम्म जान सक्ने क्षेप्यास्त्र भएको विज्ञहरु बताउँछन् ।

बिबिसि

(Visited 13 times, 1 visits today)

टिप्पणी

comments