Main Menu

उत्तर कोरियाले हिउँदे ओलम्पिकमा आफ्ना खेलाडीसहितको टोली दक्षिण कोरया पठाउने

पुस २५, सोल

उत्तर-दक्षिण कोरिया वार्ता सुरु

फेब्रुअरीमा दक्षिण कोरियामा आयोजना हुने हिउँदे ओलम्पिकमा आफ्नो टोली पठाउने

north-korea-to-send-team-to-south-winter-olympic

उत्तर कोरियाले सन् २०१८ को फेब्रुअरीमा दक्षिण कोरियामा आयोजना हुने हिउँदे ओलम्पिकमा आफ्नो टोली पठाउने भएको छ ।

दुई देशबीच २ वर्षभन्दा बढी समयपछि भइरहेको उच्चस्तरीय वार्तामा यस्तो निर्णय भएको दक्षिणका अधिकारीहरुले जनाएका हुन् ।

दक्षिण कोरियामा पठाइने टोलीमा खेलाडीहरू, अधिकारीहरू तथा समर्थकहरू हुने बताइएको छ ।

दक्षिण कोरियाले भने कोरियाली युद्धका कारण उत्तर र दक्षिणमा छुट्टिएका परिवारहरूको पुनर्मिलनको लागि पनि प्रस्ताव गरेको छ । यस्तो पुनर्मिलन ओलम्पिक खेलकै दौरान गर्ने दक्षिण कोरियाको प्रस्ताव रहेको बताइएको छ ।

ओलम्पिकको उद्घाटन समारोहमा दुबै देशका खेलाडीहरू एउटै झण्डामुनी परेड गर्ने पनि प्रस्ताव गरिएको बुझिएको छ । यद्यपि यस प्रस्तावमा उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । यी दुई देशले पछिल्लोपटक सन् २००६ को हिउँदे ओलम्पिकमा एउटै झण्डामुनि परेड गरेका थिए ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले मङ्गलबार बिहान दिएको जानकारी अनुसार यी दुई देशबीचको वार्ता दक्षिण कोरियाको अधिनमा रहेको दुई कोरियाली सीमा क्षेत्रमा अवस्थित पानुमजोम नगरमा सुरु भएको हो ।

नयाँ वर्षको अवसरमा उत्तर कोरियाका राष्ट्रपति किम जोङ-उनले आउँदो फेब्रुअरीमा हुने हिउँदे ओलम्पिकमा भाग लिनको लागि एक टोली दक्षिण कोरियाको प्योङच्याङमा पठाउनसक्ने बताएपछि यी दुई देशबीच वार्ता भएको हो । 

एजेन्सीहरूको सहयोगमा

(Visited 13 times, 1 visits today)

टिप्पणी

comments