Main Menu

प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन – महासंघ

पुस १०,  काठमाडौँ

प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

महासंघले हिजो प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको जनाएको छ । 

यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुर्याउने महासंघको ठहर छ”– विज्ञप्तिमा भनिएको छ– “महासंघ यस किसिमका घटना नदोहोर्याउन र पत्रकारलाई निर्वाध ढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।” 

(Visited 21 times, 1 visits today)

टिप्पणी

comments