Main Menu

पहिलो मतदाता बयानब्बे बर्सीय वृद्धा

मंसिर २१, कीर्तिपुर

तस्विर : सिद्धिमान महर्जन

कीर्तिपुरमा आज मतदानको समय सुरु नहुँदै मतदान केन्द्रहरुमा मतदाताहरु लाइनमा लामबद्ध देखिए । सोही क्रममा कीर्तिपुर नगरपालिका वडा नम्बर ३ को बूथमा ९२ वर्षकी मैया महर्जन पनि मतदान गर्न आइन् र मतदान सुरु हुँदा उनी नै पहिलो मतदाता भइन् ।

कीर्तिपुर नगरपालिकाका १० वटै वडाहरुमा बिहान ७ बजेबाटै मतदाताहरु मतदानका लागि जम्मा भएका थिए । तर, गत स्थानीय निर्वाचनमा जस्तो बिहानैबाट घुईंचो भने भएको देखिएन ।  यसो हुनुमा चिसोको कारण रहेको स्थानीयहरु बताउँछन् । बिहान १० बजे पछाडि भने बूथहरुमा मतदाताहरुको बाक्लो उपस्थिति देखियो ।

(Visited 52 times, 1 visits today)

टिप्पणी

comments