Main Menu

नेपाल र भुटान बुधबार भिड्ने

 

nepal-vs-bhutan-wednesdayभदौ २७, काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानको सामना गर्नेछ ।

मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गर्दै जित हासिल गरेको थियो ।

त्यस्तै भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपालले पहिलो खेलमा जस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपालका मुख्य प्रशिक्षक विनोद दासले बताए ।

“प्रत्येक खेलाडीले २० रनभन्दा माथि बनाउपर्नेछ । त्यसपछि २-३ खेलाडीले अर्धशतक र शतक प्रहार गर्ने कोसिस गर्नुपर्छ”, प्रशिक्षक दास भन्छन् ।

उनले पहिलो खेलमा खेलाडीले त्यो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा च्याम्पियन बनेर एसिया कप छनोट हुने नेपालको लक्ष्य रहेको बताए ।

त्यस्तै नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले भुटानका बारेमा आफू धेरै जानकार नभए पनि आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

(Visited 10 times, 1 visits today)

टिप्पणी

comments