Main Menu

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

nepal-group-winnerभदौ २९, काठमाडौँ  । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि सन्दिप सुनारले २० रन, अनिलकुमार साहले १८ र आशिफ शेखले ६ रन बनाए । अमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे ।

बलिङतर्फ सिंगापुरका अभि दीक्षितले २ र अंश भार्गभले १ विकेट लिए ।

सिंगापुरका लागि सिद्धान्तले २० तथा रोहन रंगराजनले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले ६ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै चार मेडन राखेर मात्र १२ रन दिए । किशोर महतोले २ तथा सन्दिप लामिछाने र कप्तान दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

(Visited 9 times, 1 visits today)

टिप्पणी

comments