Main Menu

भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

nepal-defeats-bhutan-entered-semifinalभदौ २८, काठमाडौँ  । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

nepal-defeats-bhutan-entered-semifinalटस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । ५१ रनको विजयी लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त गर्यो । नेपालका लागि आसिफ शेखले अविजित २३ रन, सन्दिप सुनारले २१ तथा अनिल साहले अविजित ४ रन बनाए । बलिङतर्फ भुटानका छिरिङ पेन्जोरले १ विकेट लिए ।

nepal-defeats-bhutan-entered-semifinalभुटानलाई ५० रनमा समेटने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै २३ रन दिए । सन्दिप लामिछानेले ४ विकेट लिए । उनले ७ ओभरमा ३ मेडन राख्दै मात्र ७ रन खर्चे । ब्याटिङतर्फ भुटानका टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाए ।

नेपालले बिहीबार सिंगापुर विरुद्ध खेल्नेछ । 

(Visited 16 times, 1 visits today)

टिप्पणी

comments