Main Menu

निर्मल लामाका छोराले नेकपा(जनविद्रोह) स्थापना गरे

माघ २, काठमाडौँ

पत्रकार सम्मेलनमा बोल्दै कम्युनिस्ट नेता बितेका निर्मल लामाका छोरा निमा फिन्जो लामा ।

कम्युनिस्ट नेता बितेका निर्मल लामाका छोराले नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह ) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा गरेका छन् ।

नेता निर्मल लामाको जन्मजयन्तीको अवसर पारेर गठन गरिएको सो पार्टीका महासचिवमा स्वयं लामाका छोरा निमा फिन्जो लामा रहेका छन् । नव गठित सो पार्टीको केन्द्रीय समितिमा महासचिव सहित २१ केन्द्रीय सदस्य रहेको हिजो माघ १ गते आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको छ । नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव निमा फिन्जो लामाको दावी रहेको छ । पार्टी घोषणा कार्यक्रममा बितेका निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि सहभागिता रहेको थियो ।

पार्टी घोषणा पत्रकार सम्मेलनमा महासचिव लामाले वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरुमा आएको विचलन, स्खलन, तथा कम्युनिष्टहरुले जनतालाई साम्यवादको वास्तविक अर्थ बुझाउन नसकेकाले जनतामा साम्यवादप्रति नै वितृष्णा जागेको हुँदा यस भ्रमलाई चिर्दै मुलुकलाई सहि राजनीतिक दिशा प्रदान गर्न नयाँ पार्टी गठन गरिएको बताए । उनले विकास र आर्थिक सम्वृद्धिका लागि नवगठित आफ्नो पार्टी नेकपा (जनविद्रोह) ले रचनात्मक भूमिका खेल्ने बताए ।

सो पार्टीको घोषणा कार्यक्रममा कम्युनिस्ट नेता बितेका निर्मल लामाकी धर्मपत्नी सुकन्या वाईवा, महिला अधिकारकर्मी रिता सैंजु, राजेन्द्र दास श्रेष्ठ, अनिश पराजुली लगायतको उपस्थिति रहेको थियो ।

(Visited 427 times, 1 visits today)

टिप्पणी

comments