Main Menu

गोरखामा माओवादीमाथि नयाँशक्तिको आक्रमण

मंसिर १०, गोरखा

नयाँ शक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष रमेश पोखरेलको नेतृत्वको जत्थाले गए राती (आज बिहान) १ बजे नेकपा माओवादी केन्द्रका गङ्गा अछामी, थिरबहादुर अछामीलगायतका  कार्यकर्ताहरुमाथि गम्भीर रुपले साङ्घातिक आक्रमण गरेको छ।

शिरान चोक गाउँपालिका -४ छोप्राक भोर्लाबोटस्थित गङ्गा अछामीको घरमा माओवादी केन्द्रका कार्यकर्ताहरु सुतिरहरेको अबस्थामा नयाँशक्तिका रमेश पोखरेल अटलको नेतृत्वमाआएको करिब १०/१२ जनाको जत्थाले आक्रमण गरेको हो ।आक्रमणमा परी घाइते भएका दुई अछामीहरुमध्ये गङ्गा अछामीलाई गम्भीर चोट पटक लागेको छ। “उनीहरुले खुकुरीले आक्रमण गरेको र उनीहरु खुकुरीसमेत त्यहीँ छाडेर भागेका छन्”– ने कपा माओबादी केन्द्र शिरान चोकका नेता सितल पोखरेलले बताए-“हाम्रा साथीहरुले प्रतिवाद नगरेको भए उनीहरु हामीलाई मार्ने नियतले आएका रहेछन्।”

राती पैसा बाँड्ने गरी अछामी टोलमा झरेको उक्त्त जत्थालाई पछि माओवादी केन्द्र समर्थक गाउँलेहरु प्रतिवाद गरेपछि त्यहाँबाट उनीहरु भागेको बताइन्छ।

पहिलो चरण अन्तर्गत आज गोरखामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि बिहान ७ बजेबाट मतदान हुँदैछ । आजै बिहान (गए राती) नै नयाँशक्तिबाट साङ्घातिक आक्रमण हुनुले उनीहरु हार्ने निश्चित भई हतास मनबाट त्यस्तो हर्कत गर्न पुगेका हुन् भन्ने स्थानीयहरुको भनाइ रहेको छ ।

(Visited 661 times, 1 visits today)

टिप्पणी

comments