Main Menu

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

पुस २६, काठमाडौँ

national-assembly-election-schedule-publicनिर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उम्मेदवालाई निर्वाचन चिह्न माघ १५ गते प्रदान गरिनेछ भने मतदान २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ । उक्त निर्वाचनको नतिजा माघ मसान्तसम्ममा सार्वजनिक हुने जानकारी दिइएको छ ।

मतदाता नामावली प्रकाशन ⇒ माघ ७

उम्मेदवार मनोनयनपत्र दर्ता ⇒  माघ १०

स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्ट्रियसभा निर्वाचनका लागि २ हजार ५६ मतदाता रहने छन् ।

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले दिने मतभार १८ रहने तथा प्रदेशसभा सदस्यले दिने मतभार ४८ हुनेछ । उक्त निर्वाचनका लागि उच्च अदालत रहेको जिल्लामा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगका अनुसार, धनकुटा, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।

उक्त निर्वाचनमा प्रत्येक प्रदेशबाट ३ महिला, १ दलितसहित ८ जना हिसाबले ७ प्रदेशबाट ५६ उम्मेदवार राष्ट्रिय सदस्यमा निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा ३ जना राष्ट्रपतिबाट चयन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रत्येक प्रदेशसभा गठन भएको निर्वाचक मण्डलले दिएको एकल सङ्क्रमणीय मत प्रणालीका आधारमा हुनेछ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा राजनीतिक दलसँग माघको पहिलो साता छलफल र परामर्श गर्ने जनाएको छ ।

(Visited 15 times, 1 visits today)

टिप्पणी

comments