Main Menu

नेता प्रकाश अस्पताल भर्ना

मंसिर १७, काठमाडौँ

narayankaji-prakash-ill-hospitalizedनेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ अस्पताल भर्ना भएका छन् । छाती र घाँटीको इन्फेक्सन भएका कारण उनलाई इमाडोलस्थित किस्ट मेडिकल कलेजमा गत १२ गते भर्ना गरिएको थियो ।

बाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका नेता प्रकाश गत ६ गतेदेखि अस्वस्थ थिए । ज्वरो आउँदाआउँदै पनि चुनाव प्रचारप्रसारमा खटिरहेका उनलाई इन्फ्लुएन्जा बी भाइरसको संक्रमण भएको बताइएको छ । उनको उपचारको नेतृत्व स्लीप एण्ड रेस्पिरेटोरी एप्नीयाका विशेषज्ञ डा. मिलेश सिजापतीले गरिरहेका छन् ।

नेता प्रकाशको अवस्था सुधारोन्मुख रहेको र भोलीसम्ममा डिस्चार्ज हुने बताइएको छ ।

  • कमल गिरी
(Visited 269 times, 1 visits today)

टिप्पणी

comments