Main Menu

नैकाप गोल्डकप भोलिदेखि

naikap-gold-cup-tomorrowभदौ २५, काठमाडौँ । चन्द्रागिरी स्पोर्टस् क्लबको आयोजनामा सोमबारदेखि नैकाप गोल्डकप २०७४ खुल्ला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ ।

३२ टिम सहभागी रहने उक्त फुटबल प्रतियोगिता फुलपातीको दिनसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगिता सीधै नकआउट प्रणालीमा गरिनेछ ।

नयाँ नैकाप, चन्द्रगिरी – १४ को फुटबल मैदानमा आयोजना हुने प्रतियोगिताको पुरस्कार राशी २ लाख २५ हजार रहेको छ । प्रतियोगिताको उपविजेताले रु. १ लाख २५ हजार र सेमिफाइनलिष्टले १५–१५ हजार प्राप्त गर्नेछन् ।

हरेक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगिताको यस वर्षको संस्करणको लागि हालसालै मैदानको स्तरोन्नति गरिएको थियो ।

प्रतियोगितामा पहिलो खेल भोलि प्रयासरत नेपाल र चन्द्रागिरी नगरपालिका – १५ ढुङ्गेअड्डा युनेश्कोबीच हुनेछ । 

तस्बिर – कृष्णहरि बस्नेत

(Visited 127 times, 1 visits today)

टिप्पणी

comments