Main Menu

२ रनमा अलआउट, ९ जना डकआउट

मंसिर ८, नयाँ दिल्ली, भारत

क्रिकेटमा यस्तो स्कोर तपाईंले अहिलेसम्म पक्कै पनि देख्नु/सुन्नुभएको छैन होला ।

भारतको नागाल्याण्डको यु–१९ महिला क्रिकेट टोली १७ ओभर खेल्दै २ रनमा अलआउट भयो । गुन्टुर शहरको जेकेसी कलेजको मैदानमा सम्पन्न भइरहेको बिसीसीआई एकदिने यु–१९ महिला लिग तथा नकआउट प्रतियोगितामा सो टोलीले यस्तो अद्भुत स्कोर बनाएको हो ।

 

टोलीले बनाएको २ रनमध्ये पनि १ रन मात्र खेलाडी आफैले जोड्न सकेका थिए । टोलीका ओपनर मेन्काले उक्त रन लिएकी थिइन् । उनले १८ बलको सामना गरेकी थिइन् । अर्को रन भने विपक्षी टोली केरलाकी बलर अलिना सुरेन्द्रनले वाइड बल फाल्दा बनेको थियो ।

केरलाका बलरहरुमध्ये सुरेन्द्रनले मात्र रन दिएकी थिइन् (३–२–२–०) । अर्की बलर सौरभ्या पीले ६ मेडन राख्दै २ विकेट लिइन् भने कप्तान मिन्नु मनीले ४ ओभरमा ४ विकेट लिइन् । सान्ड्रा सुरेन र बिबी सेबास्टिनले कुनै रन नदिई १–१ विकेट लिए ।

nagaland-incredible-score

३ रनको लक्ष्य पाएको केरालाले १ बलमै लक्ष्य पूरा गर्यो । नागाल्याण्डकी ओपनिङ बलर दिपिका कैन्टुराले पहिलो बल वाइड फालिन् भने अर्को बलमा अन्सू एस राजुले चौका हानिन् ।

केरलाकी प्रशिक्षक सुमन शर्माले आफ्नो टोलीको प्रदर्शनीमा खुसी व्यक्ति गरिन् ।

‘यो ठूलो जीत हो । हामीले राम्रो खेल्दे आएका थियौँ नै, तर आजको खेल भने अद्भुत नै रह्यो । नागाल्याण्ड त्यति राम्रो टोली त होइन, उनीहरुले २०, ३०, ४० जति रन बनाइरहेका थिए । तर २ रनमै अलआउट गर्नु अद्भुत नै हो । यसको श्रेय कप्तान मिन्नु र सम्पूर्ण टोलीलाई जान्छ,’ खेलपछि प्रशिक्षक शर्माले भनिन् ।

टाइम्स अफ ईन्डिया

(Visited 58 times, 1 visits today)

टिप्पणी

comments